‘एनआरएन अमेरिकाको चुनाव कमेडी भयो’ : अन्जन, ‘छानविन गर्दैछौं’ : बन्दिता


प्रकाशित मिति : भाद्र २२, २०७४ बिहीबार

एनआरएन अमेरिकाको निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गर्नु अगाडि नै छताछुल्ल भएपछि निर्वाचन आयोगका सदस्य अन्जन श्रेष्ठले ‘आफूलाई लज्जाबोध भएको’ जनाएका छन् । श्रेष्ठले फेसबुकमा स्टेटस पोष्ट गर्दै ‘एनआरएन अमेरिकाको चुनावमा ठूलै कमेडी भएको र आफूलाई लज्जाबोध भएको ‘ जनाएका छन् ।

यसैबीच एनआरएन अमेरिकाको निर्वाचन आयोग प्रमुख बन्दिता शर्मा दाहालले खसोखाससँग कुरा गर्दै निर्वाचन गराइएको वेवसाइट इलेक्सनबडीबाट आफूहरुलाई आधिकारिक चुनावी परिणाम नआइसकेको बताइन् । निर्वाचन आयोगलाई आधिकारिक जानकारी नआउदै परिणाम बाहिर छताछुल्ल भएकोबारे उनले भनिन् – ‘के भएको हो भन्नेबारे इलेक्सनबडीले छानविन गरिरहेको छ । छानविनपछि आधिकारिक विवरण निर्वाचन आयोगले जानकारी गराउनेछ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com