एनआरएन अमेरिकाको चुनावी परिणाम औपचारिक घोषणा नहुँदै छताछुल्ल


प्रकाशित मिति : २२ भदौ २०७४, बिहिबार

एनआरएन अमेरिकाको चुनावी परिणाम निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा नगर्दै छताछुल्ल भएको छ । एनआरएन अमेरिकाको निर्वाचन गराइएको वेवसाइट इलेक्सनबडीबाटै नेपाल वानवानले प्राप्त गरेको भनिएको विवरणमा एनआरएन अमेरिकाको अध्यक्षमा केशव पौडेल विजयी भएको देखाइएको छ ।

आफूले प्राप्त गरेको सम्पूर्ण चुनावी विवरण सत्य भएको नेपाल वानवानका संचालक प्रतिक सुवेदीले दावी गरेका छन् । उनले आफूले ह्याक नगरेको र सामान्य तरिकाबाट इलेक्सनबडीको वेवसाइटबाटै सो विवरण प्राप्त गरेको दावी गरेका छन् । निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिकृया जनाएको छैन ।

प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले चुनाव लगत्तै सार्वजनिक गरेको विवरणमा ९ हजार २ सय ८२ जनाले मतदान गरेको जनाइएपनि इलेक्सनबडीबाट निकालिएको भनिएको विवरणमा ९ हजार २ सय ८६ जनाले मतदान गरेको जनाइएको छ ।

जसमा डाक्टर केशव पौडेल ४ हजार २ सय २९ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् भने रविना थापाले ३ हजार ५ मत ल्याएर दोश्रो स्थानमा छिन् । त्यस्तै राम सी पोखरेलले ९६४ र कृष्ण पोखरेलले ७३ मत ल्याएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बरिष्ठ उपाध्यक्षमा सुनिल शाह, क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेल, रामकुमार सुवेदी, जेदु पोखरेल र उमा कार्की थापा निर्वाचित भएको विवरणमा उल्लेख छ । त्यस्तै महासचिवमा बाबुराम लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा प्रकाश अर्याल, सहकोषाध्यक्षमा पवन योञ्जन, महिला कोअर्डिनेटरमा इन्दिरा त्रिपाठी र सदस्यहरुमा अमृतबाबु कट्टेल, आंग निग्मा गेल्जा शेर्पा, अर्जुन बन्जाडे, बिन्दु सापकोटा निरौला, दिव्या केसी ओली, गोपेन्द्र भट्टराई, कृष्ण लामिछाने, प्रितीसागर खत्री, सञ्जय थापा, तृष्णा शर्मा र विष्णुबहादुर शाह निर्वाचित भएको विवरणमा उल्लेख छ ।

आईसीसी सदस्यहरुमा बलराम थापा, बन्दना कोइराला, बेदराज बस्नेत, बिष्णुमान प्रधान, धर्म भट्टराई, डिल्लीराम भट्टराई, गोमा सेन र प्रकाश सापकोटा निर्वाचित भएको विवरणमा छ ।

न्युयोर्क च्याप्टर अध्यक्षमा भने रामहरि अधिकारी, महिला कोअर्डिनेटरमा कञ्चन केसी, कोषाध्यक्षमा अनु खड्का र सदस्यहरुमा बलराम श्रेष्ठ, बेगम पण्डित, गोपाल गुरुङ, इन्दिरा घर्ती र प्रेमकुमार राई निर्वाचित भएको विवरणमा जनाइएको छ ।

त्यस्तै विसकन्सिन च्याप्टर अध्यक्षमा बुद्धीसागर सुवेदी, टेक्सास च्याप्टर अध्यक्षमा भानुभक्त खरेल, क्यालिफोर्निया च्याप्टर अध्यक्षमा रामबाबु पाण्डे, जर्जिया च्याप्टर अध्यक्षमा सूर्य लम्साल, नर्थ क्यारोलिना च्याप्टर अध्यक्षमा बाबुराम पोखरेल निर्वाचित भएको विवरणमा उल्लेख छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com