भण्डारी दम्पतीको आम्दानीको प्रमुख श्रोत गड्यौलापालन , ४ जनालाई रोजगारी


प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार

नवलपरासी बर्दघाट सुस्ता पश्चिममा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ ।

केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन् ।

जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले व्यावसायिक रूपमा गड्यौला पालन गरेर मल उत्पादन सुरू गरेको बताउनुभयो ।

उहाँले भारतको गोरखपुरबाट गड्यौलाबाट मल उत्पादनसम्बन्धी तालिम सिकेर व्यवसायी रूपमा मल उत्पादन गर्न थालेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परीक्षणका रूपमा ११ वर्षअघि गड्यौला पालन सुरू गरे पनि हाल चार जनालाई रोजगारी दिएर व्यावसायिक मल उत्पादन गर्न थालेको उहाँको भनाइ छ ।

उहाँले ५० लाख लागतमा ढाई कठ्ठा जग्गामा अष्ट्रेलियन प्रजातिका गड्यौला पालन गर्नुभएको छ । अघिल्ला वर्षसम्म गड्यौलाबाट मल उत्पादनसम्बन्धी त्यति ज्ञान नभएर घाटामा गइयो तर हाल धेरै समस्या छैन । बजारीकरणमा कुनै समस्या नभएमा राम्रो आम्दानी हुने आशा जागेको छ उहाँले भन्नुभयो ।

उहाँकी श्रीमती कल्पना सुवेदीले सुरूमा गड्यौला पालन गर्ने भन्दा धेरैलाई अनौठो लागे पनि काम गर्दै जाँदा हाल अरूले पनि यो व्यवयासमा चासो दिन थालेका बताउनुभयो । हाम्रो आम्दानीको स्रोत नै यही हो ।

सम्पूर्ण श्रम र सम्पत्ति यही व्यवसायमा लगाएका छौँ । विस्तारै राम्रो प्रतिफल दिने आशा जागेको छ उहाँले भन्नुभयो ।

बर्दघाट पश्चिम–नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले यस जिल्लामा दुई जनाले व्यावसायिक रूपमा गड्यौलाबाट मल उत्पादन गरिरहेका र अन्यले पनि व्यावसाय सञ्चालनका लागि योजना बनाइरहेका बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com