ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा युवापुस्ताको आकर्षण बढ्दै


प्रकाशित मिति : श्रावण २६, २०८१ शनिबार

सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ ।

स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीका चन्द्रमणि मैनालीले अन्य पेसा व्यवसाय छाडेर ड्रागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने क्रम बढ्दै गएको बताउनुभयो ।

यस फलको राम्रो भविष्य देखेर आफू पनि व्यावसायिक खेतीमा लागेको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा आफ्नै ३३ कठ्ठा खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल १४ सय ७० वटा सिमेन्टका पोलमा चारवटाका दरले ५ हजार ८ सय ८० वटा बिरुवा हुर्काउन सफल भएको छु मैनालीले भन्नुभयो ।

उहाँले लगाउनुभएको ड्रागन फ्रुटको बिरुवाले तीन वर्ष पुग्दानपुग्दै फल दिन सुरू गरिसकेको छ । उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुने गरे पनि मागअनुसार नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरेको मैनालीले बताउनुभयो ।

उहाँले एउटा बिरुवाबाट वर्षमा १० किलोसम्म फल उत्पादनको लक्ष्य राखेको बताउनुभयो । यहाँ ड्रागन फ्रुट प्रतिकिलो ३ सय ५० देखि ४ सयसम्म बिक्री हुने गरेको छ ।

गत वर्ष करिब ५० लाखको बिरुवा र सोही बराबरको फल बिक्री गरेको मैनालीले सुनाउनुभयो ।

माग बढ्दो छ तर सोअनुसारको उत्पादन छैन । बिरुवा हुर्कँदै गरेकाले पनि मेरो बारीमा थोरै फलेको छ । व्यापारीहरूको माग पू्रा गर्न सकेको छैन उहाँले भन्नुभयो ।

सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशील खड्काले पनि व्यावसायिक उत्पादनको लक्ष्यसहित ड्रागन फ्रुटको खेती गर्नुभएको छ ।

उहाँले हाल पाँच कठ्ठा खेतमा बिरुवा लगाउनुभएको छ । उन्नत जातको भनेर प्रतिगोटा ३ सयका दरले खरिद गरेर ८ सयवटा पिलरमा ३ हजार २ सय बिरुवा लगाएको खड्काले बताउनुभयो ।

उहाँजस्तै जिल्लाको लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानमा किसानले परीक्षणस्वरुप हाल यो फलको खेती गरिरहेका छन् ।

ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा युवापुस्ताको समेत आकर्षण बढ्दै गएको छ । यसले जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती गरेर स्वरोजगार हुने क्रम बढेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवले बताउनुभयो ।

मौसम तथा भूगोलअनुसारको बिरुवा रहेकाले उत्पादन राम्रो हुने उहाँको दाबी छ । ड्रागन फ्रुट रोपेपछि पाँच वर्षसम्म बिरुवा हुर्कने र २० वर्षसम्म उत्पादन दिने केन्द्र प्रमुख यादवले बताउनुभयो ।

सुरूमा केही वर्ष बिरुवा हुर्काउन समय लाग्छ तर फल लाग्न थालेपछि नियमति रूपमा वर्षौसम्म उत्पादन हुने भएकाले पनि धेरै किसान यसतर्फ आकर्षित हुन थालेका छन् ।

यस खेतीलाई बढाउनका लागि तीनै तहका सरकारले प्रविधि र अन्य सहयोग गर्न सके धेरै युवाहरू यसतर्फ आकर्षित हुने हाल व्यवसाय गरिरहेका कृषकहरूले बताउने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com