ब्राजिलमा यात्रुवाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार

ब्राजिलमा यात्रुवाहक विमान दुर्घटनाहुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्राजिलका अधिकारीहरूले शुक्रबार दिउँसो साओ पाउलो बाहिर भएको दुर्घटनामा कोही पनि जीवित नरहेको बताएका छन्। एयरलाइन्सले दुर्घटनाको कारण अज्ञात रहेको जनाएको छ ।

उडान २२८३ आफ्नो गन्तव्य साओ पाउलो भन्दा टाढा ब्राजिलको शहर भिन्हेडोमा दुर्घटनाग्रस्त भएको थियो। यो उडान करिब ४५० माइल टाढा रहेको ब्राजिलको कास्केभलबाट झण्डै दुई घण्टाको निर्धारित उडानमा उडेको थियो ।

विमान एक घरको आँगनमा दुर्घटनाग्रस्त भएको छ । तर यसले कुनै पनि घरमा हानेन । जमिनमा कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन् । तर जुन निवासको नजिकै विमान दुर्घटना भएको थियो, त्यसभित्र भने मानिसहरु थिए ।

अनलाइन पोस्ट गरिएका भिडियोहरूमा एउटा विमान आकाशबाट खसेको देखिएको छ। केही भिडियोहरूमा जमिनबाट धुवाँको ठूलो कालो मुस्लो निस्किएको देखिएको छ । अरु भिडियोमा दुर्घटनापछिका दृश्यहरु देखिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्राजिलको मुख्य टेलिभिजन नेटवर्क ग्लोबोले दुर्घटनाको खबर प्रसारण गर्न ओलम्पिक कभरेज रोकेको थियो । उक्त समाचारमा अग्निनियन्त्रकहरूले विमानको टुक्रा टुक्रा भएको अवशेषको छेउमा आगो निभाउने प्रयास गरिरहेको देखाइएको थियो।

ब्राजिलको उड्डयन रेकर्ड अनुशार विमान २०१० मा निर्माण गरिएको थियो भने ६८ यात्रुहरू बोक्न अनुमति दिइएको थियो। उडानको अन्तिम मिनेटमा विमान ८ हजारदेखि २४ हजार फीट प्रति मिनेटको दरले खसेको थियो । विमान आकाशबाट खस्नुअघि १७ हजार फिटमा उडेको कम्पनीले जनाएको छ ।

विमानले नियन्त्रण गुमाएका क्षेत्रमा गम्भीर आइसिङको लागि सक्रिय चेतावनी थियो। उडानको समयमा विमानमा बरफ जम्ने खतरनाक परिदृश्य हुन सक्छ, जसले विमानलाई भारी बनाउँछ र यसको लिफ्ट घटाउँछ। धेरैजसो विमानहरूमा बरफ जम्नबाट रोक्न वा कम गर्न डिजाइन गरिएको एन्टी आइसिङ प्रणालीहरू हुन्छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com