ट्रम्प र ह्यारिस एबीसीमा सेप्टेम्बर १० मा बहस गर्न तयार


प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपतिका दुई उम्मेदबारहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले सेप्टेम्बर १० मा एबीसीमा बहस गर्ने तयारी गरेका छन्। बिहीबार फ्लोरिडाको मार ए लागो रिसोर्टमा बोल्दै ट्रम्पले ह्यारिससँग बहस गर्न आफू तत्पर रहेको र आफू सहमत भएको बताएका हुन् ।

फक्स, एनबीसी र एबीसीमा हुने बहसका लागि आफू तयार रहेको ट्रम्पले बताए । ह्यारिसले पनि सेप्टेम्बर १० को बहसमा आफ्नो सहभागिता पुष्टि गरेकी छिन् । उनले त्यसपछिमात्र थप बहसहरूबारे छलफल गर्न तयार भएको बताएकी छिन्।

ट्रम्पले पहिले ह्यारिस प्रस्तावित फक्स न्यूज बहसमा भाग लिन राजी नभए एबीसीमा बहस नगर्ने बताए थिए । स्थान, नियम र कार्यक्रम संचालकको विवरणहरू आगामी हप्ताहरूमा निर्धारण गरिनेछ।

एबीसी न्यूजले सेप्टेम्बर १० मा बहस गर्न योग्य राष्ट्रपति उम्मेद्वारहरू होस्ट गर्ने एबीसीले एक विज्ञप्तिमा बताएको छ । उपराष्ट्रपति ह्यारिस र पूर्व राष्ट्रपति ट्रम्प दुबैले एबीसी बहसमा भाग लिने पुष्टि गरेको सञ्जालले एक विज्ञप्तिमा भन्यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले सेप्टेम्बर ४ मा फक्समा, सेप्टेम्बर १० मा एबीसीमा र सेप्टेम्बर २५ मा एनबीसीमा बहसका लागि सहमति जनाएका छन् । ट्रम्पले अर्को पक्ष सर्तहरूमा सहमत हुनुनपर्ने तर तिनीहरू सहमत हुन पनि सक्ने वा नहुन पनि सक्ने बताए । ह्यारिसले एउटा अन्तर्वार्ता पनि नदिएको र उनले अन्तर्वार्ता दिन नसक्ने ट्रम्पले बताए । उनी सक्षम नभएकाले उनले अन्तर्वार्ता दिन नसक्ने तर आफू बहसको लागि तत्पर रहेको ट्रम्पले बताए ।

एबीसी बहसलाई ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेन दौडबाट बाहिर निस्कनु अघि स्वीकार गरेका थिए। यस हप्ताको सुरुमा ट्रम्पले सेप्टेम्बर ४ मा प्रस्तावित फक्स न्यूज बहसमा भाग नलिए एबीसीमा ह्यारिससँग बहस नगर्ने बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com