नोबेल पुरस्कार विजेता युनुसले आज बंगलादेशको अन्तरिम सरकारको नेतृत्व लिने
प्रकाशित मिति : श्रावण २३, २०८१ बुधबार

(FILES) Bangladeshi Nobel peace laureate Muhammad Yunus prepares to leave after filing an appeal for the extension of his bail at Labour Appellate Tribunal in Dhaka on March 3, 2024. Student leaders in Bangladesh on August 5, demanded Nobel winner Muhammad Yunus lead a caretaker government, a day after the military took control as mass demonstrations forced longtime ruler Sheikh Hasina to flee the country. (Photo by REHMAN ASAD / AFP)
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले आज ( बिहिबार ) नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको छ ।
युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उहाँले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्नुहुने सेना प्रमुखले बताउनुभयो ।
आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताउनुभएको छ ।
विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिनुभएको थियो ।
त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।
यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचरणका लागि माफी माग्नुभएको छ । साथै उहाँले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले पत्रकारहरूसँग भन्नुभयो म स्वयं प्रहरी प्रमुखका रूपमा यसका लागि बङ्गलादेश प्रहरीका तर्फबाट माफी माग्छु ।