डोनाल्ड ट्रम्प र अन्य अधिकारीहरूको हत्या योजना बनाएको अभियोगमा पाकिस्तानी नागरिक पक्राउ


प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार

इरानसँग कथित सम्बन्ध भएको एक पाकिस्तानी नागरिकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य धेरै सार्वजनिक अधिकारीहरूको हत्या गर्ने योजना बनाएको आरोपमा पक्राउ गरिएको ब्रुकलिन संघीय अदालतमा मंगलबार अनसिल गरिएको आपराधिक उजुरीमा जनाइएको छ । आपराधिक उजुरीमा ट्रम्पको नाम उल्लेख नगरिएपनि षड्यन्त्रको निशानाहरु मध्ये एक ट्रम्प रहेको जनाइएको छ । अन्य सम्भावित निशानाहरुमा सरकारी अधिकारीहरू समावेश थिए ।

इरानमा समय बिताएपछि आसिफ मर्चेन्ट नामका व्यक्ति आक्रमणकारीहरु भर्ती गर्न पाकिस्तानबाट अमेरिका आएको एक मेमोमा जनाइएको छ । आसिफ मर्चेन्टले सम्पर्क गरेको व्यक्ति एफबीआईका अण्डरकभर एजेण्ट भएकाले योजनाको खुलासा भएको आपराधिक उजुरीमा उल्लेख गरिएको छ । ४६ वर्षीय आसिफ मर्चेन्टलाई हत्याका लागि व्यक्ति भाडामा लिने अभियोग लगाइएको छ ।

आसिफलाई जुलाई १२ मा पक्राउ गरिएको थियो । पेन्सिलभेनियाको बटलरमा ट्रम्पको हत्या प्रयासको एक दिन अघि आसिफ मर्चेन्ट गिरफ्तार गरिएको थियो । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा डिपार्टमेन्ट अफ जस्टिसले इरानी जनरल सुलेमानीको हत्याको लागि अमेरिकी सार्वजनिक अधिकारीहरू विरुद्ध बदला लिने इरानको निर्लज्ज र अथक प्रयासलाई रोक्न आक्रामक रूपमा काम गरिरहेको बताएका छन् ।

अमेरिकी नागरिकहरू विरुद्ध इरानको घातक षड्यन्त्र गर्न खोज्नेहरूलाई बाधा पुर्‍याउन र जवाफदेही बनाउन डिपार्टमेन्ट अफ जस्टिसले कुनै स्रोत नछोड्ने उनले बताएका छन् । अमेरिकी सार्वजनिक अधिकारीहरूलाई लक्षित गर्ने र अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने इरानी तानाशाही शासनको प्रयासलाई नसहने उनको भनाई छ । न्यूयोर्कको ईष्ट डिस्ट्रिक्टका लागि अमेरिकी अधिवक्ता ब्रेओन पीसले विदेशीको तर्फबाट काम गर्दै आसिफ मर्चेन्टले अमेरिकी भूमिमा अमेरिकी सरकारी अधिकारीहरूको हत्याको योजना बनाएको बताएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अप्रिलमा आसिफ मर्चेन्ट इरानबाट आइपुगेको र आफ्नो षड्यन्त्रमा मद्दत गर्न विभिन्न व्यक्तिलाई सम्पर्क गरेको अधिकारीहरूले बताएका छन् । त्यसपछि एक गोप्य स्रोतले यसबारे सरकारी अधिकारीहरुलाई जानकारी दिएपछि अधिकारीहरुले अनुसन्धान सुरु गरेका थिए । आसिफ मर्चेन्टले हत्या गर्न सक्ने पुरुषहरू, हत्या पछि प्रदर्शन गरेर ध्यान मोड्नसक्ने लगभग २५ जना र एक महिलालाई षड्यन्त्रमा सहभागी हुन अनुरोध गरेको उजुरीमा भनिएको छ।

मध्य जुनमा आसिफ मर्चेन्टले हत्या षड्यन्त्रमा सहभागी हुनसक्ने भनेर सोंचेका मानिसहरूलाई भेटेको तर उनीहरु वास्तवमा सरकारका अण्डरकभर एजेन्टहरु रहेको जनाइएको छ । मर्चेन्टले हत्या भएको बेला देश छाड्ने योजना बनाउनु अघि हत्यामा संलग्नलाई अग्रिम रूपमा ५ हजार डलर तिरेको समेत अधिकारीहरूले बताएका छन् । आफूले अमेरिका छाड्ने योजना बनाएको जुलाई १२ को मितिमा नै मर्चेन्टलाई पक्राउ गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com