न्युयोर्क सिटीमा मंगलबार र बुधबार भारी वर्षा र बाढीको चेतावनी, एड्भाइजरी जारी


प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार

न्युयोर्क सिटीको आपतकालीन व्यवस्थापनले भारी वर्षा र सम्भावित बाढीको लागि मंगलबार र बुधबारको लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । राष्ट्रिय मौसम सेवाले मंगलबार दिउँसो २ बजेदेखि लागू हुने गरी शहरव्यापी बाढीको निगरानी जारी गरेको छ। जुन बुधबार दिउसो १२ बजेसम्म कायम रहनेछ ।

पछिल्लो पूर्वानुमान अनुसार मेघगर्जन र चट्याङसहित क्षणिक भारी वर्षाको सम्भावना रहेको छ । भोलि बिहानैदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने दिउँसोसम्म हावाहुरीले कभरेज बढाउनसक्नेछ । अधिक व्यापक वर्षा र मेघ गर्जन रातभर बढेर बुधबार बिहानसम्म कायम हुनसक्ने पूर्वानुमान छ । बुधवार दिनको समयमा निरन्तर तूफान गतिविधिको सम्भावना छ ।

न्युयोर्कवासीहरूले आँधीको पूर्व तयारी गर्नुपर्ने र सुरक्षित रहन आवश्यक सावधानी अपनाउनु पर्ने न्युयोर्क शहरका मेयर एरिक आडम्सले बतारउका छन् । शहरले भोलिदेखि बुधबारसम्म भारी वर्षा र सम्भावित अचानक बाढीको लागि तयारी गरिरहेको न्युयोर्क सिटी आपतकालीन व्यवस्थापन आयुक्तले बताएका छन् ।

न्युयोर्क सिटीमा आइतबारको बर्षा । फोटो: खसोखास

भारी वर्षा र बाढीको परिमाण र स्थान अनिश्चित रहेको छ । राष्ट्रिय मौसम सेवाले सहरको दक्षिणपश्चिममा सबैभन्दा ठूलो वर्षा हुने भविष्यवाणी गरेको छ। पछिल्लो पूर्वानुमानले स्थानीय रूपमा बढी मात्रामा १ देखि २ इन्चसम्म वर्षाको सम्भावना रहेको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेसमेन्टहरुमा बाढी पस्नसक्ने भएकाले सचेत रहन चेतावनी दिइएको छ । भोलि र बुधबार बिहान दुवै साँझको यात्रामा ढिलाइ र अवरोधहरू आउनसक्ने जनाइएको छ । थप रूपमा भोलि दिउँसो र साँझ ५० देखि ६० माइल प्रतिघण्टाको गतिमा अकस्मात् शक्तिशाली हावाहुरी चल्ने भएकाले रूखहरू ढाल्न सक्ने र स्थानीय रूपमा बिजुली अवरुद्ध हुनसक्ने चेतावनी दिइएको छ ।

आगामी केही दिनहरूमा न्यूयोर्कवासीहरूलाई यात्रा गर्दा सावधानी अपनाउन, यात्रा ढिलाइको अपेक्षा गर्न र सक्रिय मौसमको समयमा र पछि सडकहरूबाट टाढा रहन प्रोत्साहन गरिएको छ । विशेष आपतकालीन टोलीहरू स्ट्यान्डबाइमा राखिएको छ ।

सबै बासिन्दाहरूलाई विशेष गरी बाढी आउने क्षेत्रहरू र बेसमेन्ट पार्टमेन्टहरूमा बस्नेहरूलाई आँधीबेहरी र भविष्यको मौसमी घटनाको लागि तयारी गर्न तुरुन्तै कदम चाल्न, सतर्क रहन र सुरक्षालाई प्राथमिकता दिनको लागि कडा सल्लाह दिइएको छ । आँधीबेहरीको समयमा सुरक्षा सुनिश्चित गर्न योजना बनाउन तथा खाना, पानी, प्राथमिक उपचार र अन्य आवश्यकताहरू जस्ता आवश्यक आपूर्तिहरू सहित झोला तयारी हालतमा राख्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com