सेप्टेम्बर ४ मा ह्यारिसँग बहसमा आउन ट्रम्प सहमत, बहस फक्स न्युजले संचालन गर्ने


प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले सेप्टेम्बर ४ मा फक्स न्युजमा अमेरिकी उपराष्ट्रपतिमा डेमोक्र्याटिक उम्मेदबार कमला ह्यारिससँग बहसका लागि तयार रहेको बताएका छन् । नियमहरू जो बाइडेनसँगको डिबेटका जस्तै हुने ट्रम्पले बताएका छन् ।

ह्यारिसको अभियानले यसबारेमा कुनै टिप्पणी गरेको छैन। फक्स न्यूजले पनि यसबारे कुनै तुरून्त टिप्पणी गरेको छैन । ट्रम्पले पेन्सिल्भेनियामा बिहस हुने बताएपनि कार्यक्रमको स्थान अझै तय भइसकेको छैन।

कमला ह्यारिस एन्ड्रयूज एयर फोर्समा  (केभिन लामार्क/एपी मार्फत पूल)

पहिले नै निर्धारित एबीसी न्यूजको बहस बाइडेनले चुनावी अभियान छाड्नु अगाडि नै  रद्द गरिएको थियो । एबीसी न्यूज नेटवर्क र यसका कार्यक्रम संचालक जर्ज स्टेफानोपोलोस विरुद्ध ट्रम्पको मुद्दाका कारण यो बहस रद्द भएको थियो ।

ट्रम्पको कथन डेमोक्र्याटिक नेशनल कमिटीले शुक्रबार एक विज्ञापन अभियान सुरु गरेपछि आएको हो । जसमा अपराधमा दोषी ठहर भएका व्यक्ति बहस गर्न डराउने भन्दै ट्रम्पलाई गर्भपतनमा उनको अडानको कारणले डराएको हो कि भनेर प्रश्न गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोनाल्ड ट्रम्प ह्यारिसबर्गमा एक प्रचार र्‍यालीमा  समर्थकहरूलाई हात हल्लाउदै। (एपी फोटो/म्याट राउर्के)

बाइडेन जुलाई २१ मा चुनावी दौडबाट बाहिरिएपछि र ह्यारिसलाई समर्थन गरेपछि ट्रम्पले ह्यारिस आधिकारिक उम्मेद्वार नभएको भन्दै उनीसँग बहस नगर्ने बताएका थिए । शुक्रबार ह्यारिसले डेमोक्रेटिक उम्मेदवारी प्राप्त गर्न आवश्यक डेलिगेटका मतहरू सुरक्षित गरिसकेकी छिन् ।

फक्स न्यूजले सेप्टेम्बर १७ मा दुई उम्मेद्वारहरूबीचको राष्ट्रपतिको बहसको प्रस्ताव गरेपछि ह्यारिसले गत महिना आफू तयार भएको प्रतिक्रिया दिएकी थिइन्।
बहसका मध्यस्थकर्ताहरू फक्स न्यूजका कार्यक्रम संचालकहरु ब्रेट बेयर र मार्था म्याकलम हुनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com