फ्लोरिडामा शनिवार विहान खतरनाक आँधी अर्मा आउने (भिडियो)


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

पोर्तोरिको हुँदै अगाडि बढिसकेको खरनाक आँधी अर्मा शुक्रबार रातीसम्म फ्लोरिडामा आइपुग्ने भन्दै खतरायुक्त क्षेत्र खाली गराउने क्रम तीब्र पारिएको छ । बुधबार दिउसो २ बजे आँधी पोर्तोरिकोमा प्रवेश गरिसकेको छ भने यो बिहिबार विहान डोमेनिक रिपब्लिक आइपुग्ने अनुमान गरिएको छ । त्यस्तै बिहिबार नै क्युबाहुँदै शुक्रबारसम्म यो भयानक आँधी बहामस लगायतको क्षेत्र पार गरेर अमेरिकी मुख्यभूमीमा प्रवेश गर्नेछ ।

शनिबार विहान ८ बजेबाट फ्लोरिडामा यसको प्रभाव शुरु हुने र आइतवारसम्म आँधीको प्रभाव पर्ने अनुमान गरिएको छ । फ्लोरिडा लगायत अलाबामा, जर्जिया, साउथ क्यारोलिना र नर्थ क्यारोलिनासम्म यसको प्रभाव पर्ने जनाइएको छ । प्रतिघण्टा १८५ माइलको गतिमा आउने यो आँधी अहिलेसम्मकै शक्तिशाली एटलान्टिक आँधी हुने जनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुअल मार्कोले यो निदयी आँधीले क्यारेबियन क्षेत्रमा रहेका फ्रेन्च आइल्याण्डहरुलाई समेत असर पार्ने बताएका छन् ।

आँधीबाट बच्न फ्लोरिडामा अहिलेसम्म २५ हजार भन्दा धेरै व्यक्तिलाई अन्यत्र सारिएको छ । अन्यलाई सार्ने क्रम जारी छ । अमेरिकी इतिहासमा नै आमरुपमा कुनै ठाउबाट व्यक्तिलाई अन्यत्र सारिने यो नै सबैभन्दा ठूलो हुने जनाइएको छ । फ्लोरिडाका गभर्नरले जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई बुधबार बेलुकासम्म स्थान छाड्न चेतावनी दिएका छन् ।

अर्माका कारण कैयन उडानहरु रद्द भएका छन् भने पोर्तोरिकामा अर्मा प्रवेश गर्नासाथ त्यहाँका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुराकानी गरेका छन् । आँधीका कारण फ्लोरिडामा ठूलो भूक्षय हुनसक्ने जनाइएको छ । साउथ फ्लोरिडामा ६० लाख भन्दा धेरैको बसोबास रहदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com