इरान भ्रमणमा रहेका हमासका प्रमुख नेताको हत्या


प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार

हमासका सबैभन्दा वरिष्ठ नेता इस्माइल हानियाको इरानमा हत्या भएको छ । इजरायलले हानियाको हत्या गरेको हमासले आरोप लगाएको छ । इजरायलबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

उनी इरानका नवनिर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन तेहरान पुगेका थिए । इजरायलले हालैका वर्षहरूमा इरानमा धेरै उच्च प्रोफाइल हत्याहरू गरेको छ ।

हालैका वर्षहरूमा कतार र टर्कीमा निर्वासनमा रहँदा प्यालेस्टिनी लडाकु समूहको राजनीतिक अभियानको नेतृत्व गर्ने हमासका शीर्ष नेताहरू मध्ये एक इस्माइल हानियाको तेहरानमा भएको हत्याले इरानका शीर्ष नेताहरूको सुरक्षाको बारेमा पनि प्रश्न खडा गरेको छ ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मंगलबार  हत्या हुनुभन्दा केही घण्टा अघि हानियासँग भेट गरेका थिए। हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा इजरायलका करिब १२ सय मानिस मारिएका थिए । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो, यस कारबाहीमा हालसम्म ३८ हजारभन्दा बढी मानिस मारिएका छन् ।

हानियाको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । इजरायलले सन् १९८९ मा हानियालाई तीन वर्ष जेलमा राखेको थियो । यसपछि उनी हमासका धेरै नेताहरूसँग मार्ज अल जुहुरमा निर्वासित भए। यो इजरायल र लेबनानबीचको नो म्यान्स ल्याण्ड हो । उनी त्यहाँ एक वर्ष बसे ।

आफ्नो निर्वासन सकिएपछि हानिया गाजा फर्किएका थिए । सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भका थिए ।

हमासले उनलाई १६ फेब्रुअरी २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नोमिनेशन गरेको थियो। उनी सोही वर्ष फेब्रुअरी २० मा पनि नियुक्त भएका थिए । तर एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए।

हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरेका थिए । उनले आफ्नो सरकारले आफ्नो कर्तव्यलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए ।

हानिया मे २०१७ मा हमासको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित भए । अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा हानियालाई आतंकवादी घोषणा गरेको थियो ।

हालैका वर्षहरूमा उनले कतार र टर्कीबाट हमासको नेतृत्व गरेका थिए। इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच जारी वार्तामा उनी वार्ताकारहरू मध्ये एक थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com