मोदीले गरे म्यानमार सरकारको प्रतिरक्षा


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

हाल म्यानमार भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको रोहिंज्या समस्यालाई लिएर म्यानमारकी नेतृ आङ्ग सान सूचीले लिएका अडानको समर्थन गरेका छन्।

“तपाईंले सामना गरिरहेको अप्ठेरा तथा चुनौति हामी पूर्ण रुपमा बुझ्छौं। राखाइन राज्यमा भएका अतिवादी हिंसा, विशेषगरि सुरक्षा फौज विरुद्धका हिंसा अनि निर्दोषहरुलाई परेको असर तथा उनीहरुको ज्यान गएको प्रति तपाईंले दर्शाएको चिन्ता हाम्रो पनि हो,” मोदीले भने।

बांग्लादेशमा रोहिंज्या शरणार्थीको ओइरो

रोहिंज्याको अवस्थालाई लिएर सूचीको आलोचना

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि म्यानमारकि नेतृ सूचीले पछिल्लो रोहिंज्या संकटबारे पहिलो पटक प्रतिक्रिया दिंदै उनको सरकारले राखाइन राज्यमा सबैलाई सुरक्षा दिइरहेको बताएकी छन्।

उनले गलत सूचना फिंजाएर त्यहाँको संकटलाई तोडमोड गरिएको भनेर आलोचना गरेकि छन्।

रोहिंज्या मुसलमान समुदाय विरुद्ध म्यानमारको सेनाले जथाभावी हिंसा मच्चाएको भन्ने खबरहरुको उनले खण्डन गरिन्।

नोबेल पुरस्कार विजेता सूची पछिल्लो हिंसा र रोहिंज्या मुसलमानहरुको दुर्दशाबारे मौन बसेको भनेर आलोचित भएकि थिइन्।

गत दुई सातामा म्यानमारमा अल्पसंख्यक रोहिंज्या मुसलमानहरुविरुद्ध हिंसा मच्चिएका कारण सवा एक लाख शरणार्थी भागेर बांग्लादेश पुगेका छन्।

Source : BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com