आजीवन सर्वोच्चको न्यायाधिस बन्न पाउने प्रावधान हटाउन बाइडेनबाट कार्यकाल सीमा प्रस्ताव


प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिस बनिसकेपछि आजीवन सेवा गर्न पाइने प्रावधान हटाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यायाधिसको कार्यकाल सीमा प्रस्ताव गरेका छन् । राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी सर्वोच्च अदालतमा व्यापक परिवर्तनहरू प्रस्ताव गरेका हुन् । जसमा कार्यकाल सीमा र यसका नौ न्यायाधीशहरूको लागि बाध्यकारी आचार संहिता समावेश छ । तर संसदमा रिपब्लिकनहरूको विरोधको कारण यी प्रस्तावहरू लागू हुने सम्भावना भने कम छ।

बाइडेनले संसदलाई बाध्यकारी र लागू गर्न योग्य नियमहरू पारित गर्न आह्वान गरेका छन्, जसमा न्यायाधीशहरूले पाउने उपहारहरू खुलासा गर्न, सार्वजनिक राजनीतिक गतिविधिबाट टाढा रहन, उनीहरू वा उनीहरूका पति वा पत्नीको आर्थिक वा अन्य कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट भएका मुद्दाहरूबाट आफूलाई अलग राख्न आवश्यक पर्दछ। उनले हाल आजीवन सेवा गरिरहेका न्यायाधीशहरूको लागि १८ वर्षको कार्यकाल सीमा अपनाउन पनि आग्रह गरेका छन् ।

(एपी फोटो/सुसान वॉल्श)

बाइडेनले राष्ट्रपतिको उन्मुक्तिको प्रावधान हटाउनका लागि संवैधानिक संशोधनको साथसाथै पुनर्संरचनाको लागि आह्वान गरेका छन् । राष्ट्रपतिको उन्मुक्तिको प्रावधान पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समावेश गर्दै जुलाई १ मा सर्वोच्च अदालतको फैसला आएका थियो । अमेरिका एक साधारण तर गहन सिद्धान्तमा स्थापित भएको तथा राष्ट्रपति र सर्वोच्चका न्यायाधिस लगायत कोही पनि कानून भन्दा माथि नभएको बाइडेनले बताएका छन् ।

बाइडेनले गत हप्ता आफ्नो चुनावी दौड समाप्त गरेका थिए । बाइडेनले नोभेम्बर ५ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार ट्रम्पको सामना गर्न डेमोक्रेटिक उम्मेद्वारको रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्दै आफू पछाडि हटेका थिए । बाइडेनले आफ्नो राष्ट्रपतिकालमा सर्वोच्च अदालतको परिवर्तनहरू अध्ययन गर्न आयोग बोलाएका थिए । बाइडेनले नौ न्यायाधीशहरू मध्ये एक उदारवादी केतनजी ब्राउन ज्याक्सनलाई नियुक्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी लोकतन्त्रमा कोही पनि कानून भन्दा माथि हुन नहुने भएकाले कुनै पनि पूर्व राष्ट्रपतिले ह्वाइट हाउसमा भएका अपराधहरूका लागि उन्मुक्ति नपाउने कुराको सुनिश्चित गर्नुपर्ने उपराष्ट्रपति कमला ह्यारिसले सोमबार एक विज्ञप्तिमा बताएकी छिन् । रिपब्लिकन नेता प्रतिनिधि सभाका सभामुख माइक जोनसनले बाइडेनका प्रस्तावहरूको विरोध गर्दै अदालतको वैधानिकता समाप्त गर्ने प्रयास भएको बताएका छन् ।

अमेरिकाको सर्वोच्च अदालतमा सन् २०२० देखि कन्जरभेटिभ न्यायाधिसहरुको बहुमत रहेको छ । ९ जना न्यायाधिसमध्ये ६ जना कन्जरभेटिभ र ३ जना उदारवादी रहेका छन् । जसका कारण प्रगतिशिल मुद्दाहरुमा फैसला पाउन सर्वोच्च अदालतबाट मुस्किल बन्दै गएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com