हाइड्रोजन बमसँग जोडिएको राजनीति


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

भाद्र २१, २०७४-उत्तर कोरियाले आइतबार गरेको शक्तिशाली ‘हाइड्रोजन’ बम परीक्षणले विश्वभर सन्त्रास फैलिएको छ भने जापान र दक्षिण कोरियामा हाहाकार मच्चिएको छ । परीक्षण गर्दा ६.३ म्याग्निच्युडको कम्पन महसुस गरिएको, १ सय किलोटन क्षमताको त्यो बम अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको बमभन्दा पाँच गुणा शक्तिशाली भएको सन्दर्भले यसको प्रयोगबाट प्रलयंकारी स्थिति सिर्जना नहोला भन्न सकिँंदैन । यो गतिविधिसँग जोडिएको राजनीति पनि जटिल र अन्योलग्रस्त बन्दै गएको छ, अहिले ।

एसियामा चीनमात्र एउटा देश हो, जसले अमेरिकी साम्राज्यवादमाथि कडा नजर राख्दै आएको छ । दक्षिण कोरिया र जापानमा सुरक्षाका लागि लामो समयदेखि भएको अमेरिकी सैनिकको तैनाथी चीनलाई विलकुल मनपरेको छैन । त्यसकारण अमेरिकी उपस्थितिलाई ललकार्न चीनले उत्तर कोरियालाई दाहिने हात बनाएर प्रयोग गरिरहेको छ, जसबाट चीनको अन्तर्राष्ट्रिय राजनीतिक छवि नबिग्रने र व्यापार व्यवसाय पनि चलिरहेको स्थिति छ । कसैगरी यतिबेला अमेरिकाले उत्तर कोरियालाई पहिले आक्रमण गर्ने चेष्टा गरे चीनले आफू चुप लागेर नबस्ने उद्घोषसमेत गरिसकेको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्टसन्ट वक्तव्य दिइरहेका छन् । यता दोस्रो विश्वयुद्धपछि अमेरिकाको कठपुतली बन्दै आएका जापान र दक्षिण कोरिया काखे बालकझैं लुटपुटिइरहेका छन् । समृद्ध भएर पनि अमेरिकाले थाङनामा सुताउँदा मामिला थेग्न नसकेपछि ‘गुहार–गुहार’ भनी चिच्याइरहेका छन् । अवस्था जटिल बनेका वेला अमेरिकाले जापान र दक्षिण कोरियालाई अघि सारेर युद्ध नछेड्ला पनि भन्न सकिँंदैन । तथापि कोरियाली प्रायद्वीपबाट अमेरिकी सैनिक नहटेसम्म त्यहाँको तनाव सितिमिती कम हुने देखिँंदैन ।

– डा. भुवनेश्वर शर्मा

चन्द्रागिरि–२, काठमाडौं

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

***

उत्तर कोरिया र त्यो देशका सर्वोच्च नेता किम सर्वाधिक विवादास्पद र सशंकित व्यक्तिका रूपमा देखिएका छन् । उनले सारा विश्वलाई नै चुनौती दिंँदै एकपछि अर्को शक्तिशाली हतियार तथा आणविक बमहरूको परीक्षण गरिरहेका छन् । जुन विश्वमा सर्वाधिक टाउको दुखाइको विषय बन्न पुगेको छ । हालै उनले शक्तिशाली ‘हाइड्रोजन’ बमसमेत ६.३ म्याग्निच्युडको भूकम्प आउनेगरी परीक्षण गरे । यसबाट कोरियाली प्रायद्वीपका सबै देशका जनता त आतंकित छन् नै, सारा विश्व जनसमुदायमा समेत यसले भयंकर संशय पैदा गरेको छ ।

संसारको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकासमेत यस्ता घटनाबाट के गरोस्, उसैलाई तर्साउने मनसायले कोरियाले यस्ता काम गरिरहेकाले मूकदर्शक बनिरहेको छ । शक्तिशाली अन्य देशहरू चीन, भारत, जापान, रूस, जर्मन, फ्रान्सजस्ता देशहरूले समेत उत्तर कोरियाको यो कर्तुत टुलुटुलु हेरेर बस्ने बाहेक अरू केही गर्नसकेका छैनन् । प्रत्याक्रमण गरुन्, पुन: विश्वयुद्ध हुने, असंख्य मानिस मर्ने, प्रकृति नै तहसनहस हुने, केही नगरुन्, उत्तर कोरियाले आफ्नो हतियारको दम्भ देखाउन नछाड्ने यो बडो मुस्किलको अवस्था बन्दै गइरहेको छ । संयुक्त राष्ट्रसंघ के गरोस्, बडो विलखबन्दमा छ, वार्ता, चेतावनी, आर्थिक तथा भौतिक नाकाबन्दी नै उसका मुख्य कारबाही रहेछन् । यस्ता कारबाहीले उत्तर कोरियालाई हालसम्म छोएकै छैन । उत्तर कोरियालाई अझै पनि ठाउँमा ल्याउन नसक्ने हो भने यो देश संसारभरका लागि अभिशाप बन्न लागिसकेको छ । यसै पनि उत्तर कोरिया संसारदेखि नै अलग छ, त्यो देशका कुनै कुरा पनि संसारलाई थाहा हुँदैन । अझ अहिलेको परिवेशमा त यो देशको आन्तरिक व्यवस्थापन र दीर्घकालीन सोच के हो, कसैलाई थाहा हुने कुरै भएन । उत्तर कोरियासँग बदलावको भावना लिने हो भने त्योभन्दा गलत कदम अरू केही हुने छैन । त्यहाँको समस्या के हो, सोच के हो, किन यसरी पटक–पटक संसार नै ध्वस्त पार्नेगरी कदम चालिएको हो भन्नेजस्ता कुरालाई सतहमा ल्याई उत्तर कोरियाको समस्या समाधान गर्नुपर्छ । कूटनीतिक छलफल, मध्यस्थता, वार्ता आदि नै समस्या समाधानका उपाय हुन् ।

– नरनाथ पाण्डे

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com