भारतीय एयरलाइन्स इन्डिगोमा महिलाले नचिनेका पुरुषको छेउमा बस्न अस्वीकार गर्नसक्ने


प्रकाशित मिति : श्रावण १२, २०८१ शनिबार

white and blue airplane on airport during daytime

अब भारतीय एयरलाइन्स इन्डिगोको विमानमा महिलाहरू निकट भविश्यमा नै अपरिचित पुरुष यात्रुको छेउमा बस्न अस्वीकार गर्नसक्नेछन् । एक लोकप्रिय दक्षिण एसियाली एयरलाइन्स इन्डिगोले सुरु गरेको यो पहल अन्तरगत महिलाहरुले अनलाइन चेक इन प्रक्रियाको क्रममा विशेष सिट नक्सा हेर्न पाउनेछन् । जहाँ महिलाहरु बसेको सिटलाई गुलाबी रंगमा देखाइनेछ ।

भारतको देशको सबैभन्दा ठूलो सस्तो एयरलाइन्समा पुरुष यात्रुहरूले भने समान जानकारी पाउनेछैनन् । पुरुषहरुले सबै उपलब्ध सीटहरूमात्र हेर्न सक्नेछन्, जसरी सामान्य रूपमा देखाइन्छ । यो महिला मैत्री पहल महिला एकल यात्रुहरूलाई उनीहरूको उडानमा थप सहज महसुस गराउने प्रयासमा प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

इण्डिगोले महिला यात्रुहरूका लागि यात्राको अनुभवलाई अझ सहज बनाउने लक्ष्य राखेको नयाँ सुविधाको घोषणा गर्न पाउँदा गर्व गर्ने बताएको छ । यो पहल बजार अनुसन्धानको आधारमा प्रस्तुत गरिएको एयरलाइन्सले जनाएको छ । अहिले यो कार्यक्रम परीक्षणका क्रममा रहेको जनाइएको छ ।

सबै यात्रुहरूलाई अनुपम यात्राको अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको र यो नयाँ सुविधा सोही लक्ष्य हासिल गर्न चालेका धेरै कदमहरूमध्ये एउटा रहेको एयरलाइन्सको भनाई छ । यो सुविधा अर्को महिनामा सबै इन्डिगो उडानहरूमा उपलब्ध हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो पहलबारे अनलाइन प्रतिक्रियाहरू मिश्रित देखिन्छन्। पुरुषहरूलाई पनि यो सुविधा दिनुपर्ने कतिपयको तर्क छ । किनभने कुनै पुरुष महिलाको छेउमा बस्न नचाहने पनि हुनसक्ने उनीहरुको तर्क छ । यो विषय अदालतमा पुग्नसक्ने समेत केहीले बताएका छन् ।

पुरुषहरूले उडानका क्रममा नराम्रो व्यवहार गर्ने विषय लामो समयदेखि चर्चाको विषय बनेको छ । एक महिलाले हालै सामाजिक सञ्जालमा पुरुष यात्रुको बारेमा गुनासो गर्दै ती यात्रुले आफ्नो सिटमा समेत हस्तक्षेप गरेर फैलिएको बताएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com