हेरचाहका लागि राखेका व्यक्तिबाटै न्युयोर्कमा कुटिइन् ९५ बर्षकी हजुरआमा


प्रकाशित मिति : श्रावण १२, २०८१ शनिबार

न्युयोर्क सिटीको हार्लममा बस्ने ९५ वर्षीया हजुरआमालाई घरमा हेरचाहका लागि राखेका व्यक्तिले निर्दयी रूपमा कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हजुरआमाले आफूलाई बचाउन याचना गरिरहेको देखिएको थियो । भिडियो सार्वजनिक भएपछि हजुरआमाको परिवारले यसबारे जवाफ मागिरहेको छ।

डोरोथी फोये जुलाई २१ मा अपर म्यानहट्टनमा घरमा भएको बेलामा उनको हेरचाह गर्न उनको परिवारले भाडामा लिएकी महिलाले उनलाई गाली गर्न थालेकी थिइन् । साथै घरका सामानहरू उनी भएतिर फाल्न थालेको क्यामेरा फुटेजहरुमा देखिएको छ ।

हिड्नका लागि वाकरको सहायता लिनुपर्ने र अक्सिजन चाहिने फोयेले आफूलाई बचाउन संघर्ष गरेको देखिएको छ । किनकि कथित सहयोगीले उनलाई धेरै पटक प्रहार गरेको र कम्तिमा एक पटक भान्साकोठाबाट धातुको भाँडो उनीतिर फ्याकेको भिडियोमा देखिएको छ । जसका कारण हजुरआमा अन्ततः भुइँमा लडेकी थिइन् ।

फोये आफैपनि एक पूर्व गृह स्वास्थ्य सेवा कार्यकर्ता हुन् । उनले आफूमाथि आक्रमण भएपछि आफ्नी छोरी र नातिनीहरूलाई फोन गरेर आई लभ यु भनेकी थिइन् । त्यसपछि कल काटिएको थियो । आत्तिएका आफन्तहरूले उनलाई फेरि फोन गर्दा चिच्याएको सुनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नातिनीले सहयोगीलाई फोन गर्दा उनले सबै ठिकठाक भएको बताएकी थिइन् । त्यसपछि हजुरआमालाई फोनगर्दा सहयोगी महिला पृष्ठभूमिमा बोलेको सुनिएको थियो । ती सहयोगी महिला हजुरआमाप्रति अपमानजनक तरिकाले चिच्याइरहेको सुनिएको नातिनीको भनाई छ ।

परिवारले हेरेको भिडियो फुट्ज अनुसार सहयोगीले वृद्ध महिलातिर पानीको बोतल, क्यान र अन्य वस्तुहरू फ्याँकेको र गायब भएको देखिएको थियो । सहयोगीले बेडसिट परिवर्तन गर्ने विषयमा हजुरआमासँग विवाद गरेको जनाइएको छ । अपार्टमेन्टमा सहयोगीले लगेका मदिराका बोतलहरू फेला परेका थिए। हेरचाह गर्ने। कामदारले घरमा पानी खुला छाडेर घरसमेत जलमग्न भएको थियो ।

कुटपिटको करिब एक हप्ता पछि फोयेको शरीरमा अझै पनि दुखाइ र पीडा रहेको जनाइएको छ । आफूमाथिको आक्रमण भयानक भएको र आफू अझै पनि दुखी रहेको हजुरआमाले बताएकी छिन् । आफ्नो हातमा, खुट्टामा चोटपटक लागेको तथा ढाड र टाउको दुख्ने उनले बताइन् । फोयेले प्रतिरोध गरेपनि बलियो महिलासँग आफ्नो केही नलागेको बताइन् ।

फोयेको परिवारले त्यस पछि अर्को एजेन्सीबाट नयाँ सहयोगीलाई काममा राखेको छ । तर उनीहरूले मेडफ्लिट एट होम नामको सेवा प्रदायक कम्पनीबिरूद्ध कारबाहीको माग गरिरहेका छन्, जसले कथित आक्रमणकारीलाई सेवामा पठाएको थियो । कम्पनीबाट अनुभवहीन, लापरवाह सहयोगीहरू पठाएको भन्दै परिवारले कानुनी उपचार खोज्ने बताएको छ ।

घटनापछि हजुरआमा मानसिक आघातमा छिन् । नयाँ सहयोगीलाई देख्दा पनि उनी चिच्याउन थालेकी थिइन् । उनी अझै स्तब्ध रहेको जनाइएको छ ।

कभर तस्वीर सांकेतिक हो भने एआईबाट बनाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com