अमेरिकाका उत्कृष्ट अस्पतालको सुचीमा न्युयोर्क सिटीका सबै सरकारी अस्पताल, कुन केका लागि उत्कृष्ट?


प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

युएस न्युज एण्ड वर्ल्ड रिपोर्टले अमेरिकाका उत्कृष्ट अस्पतालहरुको सूची प्रकाशित गरेको छ जसमा न्युयोर्क सिटीका सबै सरकारी अस्पतालहरू समावेश रहेका छन् । न्युयोर्क सिटीका सार्वजनिक स्वास्थ्य सेवा प्रणालीका अस्पतालहरूलाई मुटु फेल, हृदयघात, हिप फ्र्याक्चर, मृगौला फेल, मधुमेह र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज जस्ता अवस्थाहरूको उपचारका लागि उत्कृष्ट अस्पतालको रूपमा मान्यता दिइएको हो ।

एनवाईसी हेल्थ एण्ड हस्पिटलले यस अन्तरगतका अस्पतालहरूलाई उत्कृष्ट अस्पतालका सूचीमा राखिएकोमा खुशी व्यक्त गरेको छ । उत्कृष्ट अस्पतालहरू लगभग ५ हजार अस्पतालहरू मध्ये १५ विशेषताहरू, २० प्रक्रियाहरू र सर्तहरूमा चयन गरिएको थियो। अस्पतालहरूले क्लिनिकल परिणामहरू, नर्सिङ हेरचाहको स्तर र बिरामीको अनुभव जस्ता कारकहरूमा उत्कृष्ट नम्बर पाएका थिए ।

बेलभ्यु अस्पताल मुटु फेल र हृदयघातको उपचारका लागि, एल्मह्रस्ट अस्पताल मुटु फेल, हृदयघात, हिप फ्र्याक्चर, मृगौला फेलको उपचारका लागि, हार्लम अस्पताल मुटु फेलको उपचारका लागि, ज्याकोबी अस्पताल मुटुको समस्या, मधुमेह, किड्नी फेलको उपचारका लागि, किंग्स काउन्टी अस्पताल हार्ट फेल र किड्नी फेलको उपचारका लागि, लिंकन अस्पताल हृदय विफलता, सीओपीडी र मृगौला विफलताको उपचारका लागि, मेट्रोपोलिन अस्पताल मुटुको समस्याको उपचारका लागि, साउथ ब्रुकलिन हेल्थ अस्पताल मुटुको समस्याको उपचारका लागि, क्वीन्स अस्पताल मुटुको समस्या र मुधमेहको उपचारका लागि, वुडहुल अस्पताल सीओपीडी र मधुमेहको उपचारका लागि उत्कृष्ट ठहरिएका छन् ।

सम्पूर्ण सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कवासीहरू उच्च गुणस्तरको पहुँचयोग्य स्वास्थ्य सेवाको हकदार रहेको उल्लेख गर्दै मेयर एरिक आडम्सले एनवाईसी हेल्थ एण्ड हस्पिटलका कर्मचारीहरूको अथक परिश्रमको लागि धन्यवाद दिएका छन् । आफूहरुले न्युयोर्क सिटीका बासिन्दाहरूलाई स्वास्थ्य सेवाका लागि मद्दत गरिरहेको उल्लेख गर्दै उत्कृष्टमा सुचिकृत हुनुले न्युयोर्क सिटीका स्वास्थ्यकर्मीहरुको असाधारण प्रयासलाई प्रतिबिम्बित गर्ने उनले बताएका छन् ।

एनवाईसी हेल्थ एण्ड हस्पिटलका लागि उत्कृष्ट अस्पतालहरूमा सुचिकृत हुनु गर्वको कुरा रहेको र आफूहरुले सबैका लागि उच्च गुणस्तरको स्वास्थ्य सेवा जारी राख्ने एनवाईसी हेल्थ एण्ड हस्पिटलका अध्यक्ष तथा सीईओ माइकल कट्जले बताएका छन् । यो स्वास्थ्यकर्मीहरूको समर्पण, विशेषज्ञता र करुणाको प्रमाण रहेको उनले बताएका छन् ।

३५ वर्षदेखि यूएस न्यूज बिरामीहरूको लागि उनीहरूको स्वास्थ्य हेरचाह निर्णयहरू नेभिगेट गर्ने प्रमुख स्रोत भएको यूएस न्युजका स्वास्थ्य विश्लेषण प्रमुख र प्रबन्ध सम्पादक बेन हार्डरले बताएका छन् । यो सुचीले विशिष्ट चिकित्सा प्रक्रिया र सर्तहरूको लागि लगातार उच्च गुणस्तरको हेरचाह प्रदान गर्ने अस्पतालहरूलाई मान्यता दिने उनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com