मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा : बालबालिका व्यस्त, अभिभावक खुशी


प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् । तर, हटाउन भने नसकिरहेको अभिभावकहरु बताउँछन् ।

शैक्षिक क्षेत्रमा रचनात्मक क्रियाकलाप गराउँदै आइरहेको पाल्पा रामपुरको एउटा विद्यालयले भने नयाँ अभ्यास सुरु गरिसकेको छ ।
बालबालिकालाई मोबाइलमा व्यस्त रहने बानी हटाउन विद्यालयले साङ्गीतिक कक्षाको सुरुवात गरेको छ ।

रामपुर नगरपालिका–५ स्थित रामपुर आधारभूत विद्यालय अहिले सङ्गीतमय हुन थालेको छ ।

विद्यालयले सुरुवात गरेको सङ्गीत कक्षाले विद्यार्थी, अभिभावक मात्र नभइ। समुदायका अन्य विद्यालय, सरोकारवालाको ध्यानसमेत तानिरहेको छ । यहाँ बिहानको समयमा सङ्गीत कक्षा चलिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यालय समयमा पढाइ प्रभावित नहोस् भनेर बिहान सङ्गीत कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थी हसिलो मुद्रामा उत्साहित हुँदै सङ्गीत सिकिरहेको दृश्य देख्न सकिन्छ । यो सिकाइले छिमेकी विद्यालय तथा समुदायमा राम्रो प्रभाव पारेको छ ।

विद्यार्थीलाई घरमा मोबाइल हेर्ने बानी हटाउन, बिदाको दिनमा विद्यार्थीले केही नयाँ कुरा सिकुन भनेर शैक्षिक सत्रको वर्षे बिदा सुरु भएपछि बिहानमा वाद्यवादन सिकाउन थालिएको प्रधानाध्यापक विजय शर्मा बताउनुहुन्छ ।

घरमा फुर्सदको समय विद्यार्थी मोबाइल, टिभीमा व्यस्त हुने, बिदाको समय सदुपयोग गराउन, मानव जीवनलाई ऊर्जामय बनाउन, विद्यार्थीलाई रचनात्मक कार्य सिकाउन बाद्यवादन कक्षा सुरुवात गरेका हौँ उहाँले भन्नुभयो ।

बिदाको समय भनेर विद्यार्थीले अनावश्यक समय बिताउन पाइरहेका छैनन्, उनीहरुको समय यतिबेला पढाइ र सङ्गीतमा केन्द्रित बनेको छ, विद्यार्थी सक्रिय भएर बाद्यवादन सिकिरहेका छन्, घरमा मोबाइल हेर्ने बानी कम हुँदै गएको छ।

विद्यालयले हार्मोनियम, झ्याली, मादल, झुर्मा, बाँसुरी, मजुरा लगायतका विभिन्न बाद्यवादनका सामग्रीको बन्दोबस्त गरेको छ । बाद्यवादनका सामग्री खरिदका लागि जापानी नागरिक काजुमासा काकीमी ओकेबाजे ले ५० हजार सहयोग गरेको प्रअ शर्माले बताउनुभयो ।

ओकेबाजेको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट गरी करिब एक लाखको बाद्यवादनका सामग्री खरिद गरी सङ्गीत कक्षा थालनी गरिएको उहाँको भनाइ छ ।

विद्यार्थी तथा अभिभावक, सरोकारवाला निकायले विद्यालय समयमा नै सङ्गीतका लागि छुट्टै कक्षा सञ्चालन गर्न माग आएमा सङ्गीत कक्षा चलाउने प्रअ शर्मा बताउनुहुन्छ । सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर नभइ समूह बनाएर फरक–फरक खालको बाजा बजाउन सिकाउने गरिएको छ ।

विद्यालयका सङ्गीतद्वय शिक्षक चोलाकान्ती विक र तुल्सी गौतमलाई बाद्यवादन सिकाइको जिम्मेवारी दिएर कक्षा चलाइरहेको छ ।

बिदाको समयमा हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सङ्गीत कक्षा सञ्चालन गरिएको छ । बाद्यवादन कार्यमा कक्षा २ देखि ८ सम्मका विद्यार्थी सहभागी छन् ।

विद्यालयबाट घरमा आएपछि गृहकार्य सकाएर मोबाइल हेर्ने, खेल्ने गरेर समय बिताउने गरेकोमा अहिले विद्यालयले सङ्गीत कक्षा सुरु गरेपछि मोबाइल हेर्ने समय रचनात्मक कार्यमा बिताइरहेको अभिभावक भगवती खनाल बताउनुहुन्छ ।

अहिलेको समस्या भनेको बालबालिकालाई मोबाइल हेर्न कसरी छुटाउने भन्ने छ । यो समस्याले अभिभावलाई पिरोलिरहेको हुन्छ ।

सङ्गीत कक्षाले यो समस्या समाधानमा सहयोग गरेपछि यहाँका अभिभावक खुसी छन् । यहाँ सञ्चालन भएको सङ्गीत कक्षा बाद्यबादक भुपराज पौडेलले चलाउनुभएको छ । विद्यालयले यस कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञान बाहेक रचनात्मक तथा सीपमूलक कार्यमा जोड दिएर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com