अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिए बाइडेन


प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार

President Joe Biden meets with NATO Secretary General Jens Stoltenberg, Monday, June 17, 2024, in the Oval Office. (Official White House Photo by Adam Schultz)

जो बाइडेन अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिएका छन् । निकटतम सहयोगीहरूबाट दौडबाट बाहिर निस्कन आएको दवावपछि बाइडेनले चुनावी दौड छाडेको घोषणा गरेका हुन् । बाइडेनले तीन हप्तादेखि राष्ट्रपतिको चुनावी दौडबाट पछाडि हट्न अस्वीकार गर्दै आएका थिए ।

बाइडेनले राष्ट्रपति पदबाट भने राजीनामा नदिने बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्ने इरादा राखेका छन् । अहिलेसम्मको इतिहासमा कुनै पनि पदमा रहेका अमेरिकी राष्ट्रपति चुनावी चक्रमा यति ढिलो दौडबाट बाहिरिएका थिएनन् ।

गत जुनमा भएको बहसमा उनको खराब प्रदर्शन पछि नोभेम्बरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन सक्नेबारे। बाइडेनले आफ्नै पार्टीका सदस्यहरूलाई विश्वास दिलाउन असफल भएका थिए । बाइडेनले दौडबाट बाहिरिएको घोषणा गरेको केही मिनेट पछि ट्रम्पले प्रतिकृया दिदै बाइडेनलाई अमेरिकाको इतिहासमा सबैभन्दा खराब राष्ट्रपति भनेर वर्णन गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेमोक्रेटिक नेशनल कन्भेन्सन अगस्ट १८ मा शिकागोमा सुरु हुने तालिका रहेको छ। बाइडेनको स्थानमा कसलाई राष्ट्रपति पदमा उठाउने भन्नेबारे निर्णय गर्न अब एक महिना भन्दा कम समय बाँकी छ । नयाँ उम्मेदबारका लागि ट्रम्पको बिरूद्ध अभियानका लागि चार महिना भन्दा कम समय बाँकी रहनेछ ।

बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई इन्डोर्स गर्ने बताएका छन्।उनले कमलालाई यस वर्ष हाम्रो पार्टीको उम्मेदवार बन्न आफ्नो पूर्ण समर्थन रहेको बताएक छन् । यो एकजुट भएर ट्रम्पलाई हराउने समय भएको बाइडेनले सामाजिक सञ्जालमा पोष्ट गर्दै बताएका छन् । सन् २०२० मा ह्यारिसलाई आफ्नो उपराष्ट्रपतिका उम्मेदबारका रूपमा छान्नु आफूले गरेको सबैभन्दा राम्रो निर्णय भएको बाइडेनले बताएका छन् ।

बाइडेनको निर्णयले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको चुनावका लागि उम्मेदबारीको सम्भावना बढाएको छ । किनभने केही डेमोक्र्याटहरूले आगामी चुनावमा ट्रम्पलाई प्रभावकारी रूपमा चुनौती दिन सक्ने कमला ह्यारिसमात्र रहेको तर्क गर्दै आएका छन् । तर ह्यारिसका पछिल्लो साढे तीन वर्षका राजनीतिक कमजोरीहरूलाई ध्यानमा राख्दै कतिपय डेमोक्रेटिक नेताहरूले ह्यारिसलाई टिकट दिन नहुने तर्क गर्छन् ।

सिनेटमा बहुमत प्राप्त दल डेमोक्रेटिक पार्टीका नेता सिनेटर चक शुमरले राष्ट्रपति जो बाइडेनलाई पार्टी र अमेरिकाको भविष्यलाई पहिलो स्थानमा राख्दै चुनावी दौडबाट बाहिरिएकोमा प्रशंसा गरेका छन् । बाइडेन एक महान राष्ट्रपति र एक महान नेता मात्र नभई वास्तवमै एक अद्भुत मानव रहेको शुमरले बताएका छन् । उनको निर्णय पक्कै पनि सजिलो नभएको तर उनले फेरि आफ्नो देश, आफ्नो पार्टी र अमेरिकनको भविष्यलाई पहिलो स्थानमा राखेको शुमरले बताएका छन् । बाइडेन एक साँचो देशभक्त र महान अमेरिकी भएको शुमरको भनाई छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com