काठमाडौं, २० भदौं । उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ युद्धको सुरुवात गरेको अमेरिकाले आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि अमेरीकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक गरेको शक्तिशाली परमाणु बमको परीक्षणले नयाँ युद्धको सुरुवात गरेको बताएका हुन । उत्तर कोरियाले आइतबार हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न बोलाइएको राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालिन बैठकमा अमेरिकी दूत हेलीले उत्तर कोरिया र नेता किमले युद्धको सुरुवात गरेको बताएका छन् ।
अमेरिका युद्धको पक्षमा नरहेको तर आफूहरुको धैर्यता असिमित रहेको हेलीको भनाई छ । अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने प्रस्ताव गरेको छ । बैठकमा उत्तर कोरियाको मुख्य सहयोगी रहँदै आएको चीनले वार्ताको प्रस्ताव गरेको छ । त्यसका लागि स्वीट्जरल्याण्डले मध्यस्थता गर्ने बताएको छ ।
परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप दक्षिण कोरियाले सोमबार लाइभ–फायर एक्सरसाइज गरेको थियो । उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको विश्लेषकले बताएका छन् । उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा ठूलो रहेको विश्लेषण गरिएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।