दक्षिण कोरियाली र अमेरिकी टिभी शो हेरेको भन्दै ३० भन्दा बढी बालबालिकालाई उत्तर कोरियाले मृत्युदण्ड दियो


प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार

उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाली र अमेरिकी टिभी शोजहरू हेरेको भन्दै ३० भन्दा बढी बालबालिकालाई मृत्युदण्ड दिएका छन् ।

यही वर्षको सुरुमा किमले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठुलो शत्रु घोषणा गरेका थिए । उत्तर कोरियामा दक्षिण कोरियाली टिभी कार्यक्रम हेर्नु र गीत सुन्नु अपराध हो ।

उत्तर कोरियामा दक्षिण कोरियाली टिभी सिरियल र कार्यक्रमहरू प्रसारण हुँदैन ।

केही तस्करले लुकीचोरी पेन ड्राइभमा महँगो मूल्यमा बालबालिकाहरूलाई यस्ता प्रतिबन्धित टिभी सिरियलहरू बेच्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालै दक्षिण कोरियाली मिडिया चोसुन टिभी र कोरिया जोङआङ डेलीले एउटा रिपोर्ट तयार गरेका थिए ।

रिपोर्टका अनुसार उत्तर कोरियाले लुकीचोरी के–ड्रामा हेरेको भन्दै माध्यमिक विद्यालयमा पढ्ने ३० जना विद्यार्थीलाई मृत्युदण्ड दिएको दाबी गरेको छ ।

दक्षिण कोरियाली अधिकारीहरूले यी दाबीमा सीधै टिका टिप्पणी गरेका छैनन् ।

उत्तर कोरियामा के भइरहेछ भन्ने आफूहरूलाई थाहा भएको अनि रिपोर्ट यसको प्रमाण भएको दक्षिण कोरियाली मन्त्रालयका एक अधिकारी जोङङ डेलीले बताएका छन् । एजेन्सी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com