यी हुन् एनआरएन अमेरिकाको चुनावका १२ आईसीसी सदस्य उम्मेदवार


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

पूर्वीय समय अनुशार मंगलबार विहान ८ बजे देखि बुधबार राती ११ बजेर ५९ मिनेटजाँदासम्म हुने एनआरएन अमेरिकाको चुनावमा आईसीसी सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । १२ जनाबाट ८ जना आईसीसी सदस्यमा निर्वाचित हुनेछन् ।

एनआरएन अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीदेखि महाभूकम्पमा परिवारका कैयन सदस्यहरु गुमाउँदासमेत धैर्य राखेर एनआरएन आन्दोलनमा सहभागी भइरहेका बिष्णुमान प्रधानसम्मले आईसीसी सदस्यमा उम्मेदवारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईसीसी सदस्यमा तीनजना महिलाहरु बनिता कतिला, गोमा सेन र बन्दना कोइरालाले समेत उम्मेदवारी दिएका छन् । युवा उम्मेदवार धर्म भट्टराईदेखि बेदराज बस्नेतसम्मको उम्मेदवारी आईसीसी सदस्यमा परेको छ ।

त्यो बाहेक बलराम थापा, डिल्लीराम भट्टराई, शंकर खड्का, प्रकाश सापकोटा र सुशिल रेग्मी समेत एनआरएन आईसीसी सदस्यका लागि चुनावी मैदानमा छन् ।

क्षेत्रगत हिसाबले हेर्दा न्युयोर्कबाट बन्दना कोइराला, गोमा सेन र बनिता कतिला गरी तीनजना महिलासहित बिष्णुमान प्रधानको उम्मेदवारी परेको छ । टेक्सासबाट बेदराज बस्नेत एक्ला उम्मेदवार हुन् । क्यालिफोर्नियाबाट पनि बलराम थापा, डिल्लीराम भट्टराई र शंकर खड्काको उम्मेदवारी परेको छ । कोलोराडोबाट प्रकाश सापकोटा, मेरिल्याण्डबाट लोकनाथ तिवारी र सुशिल रेग्मी, मिसिगनबाट धर्म भट्राईको उम्मेदवारी परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com