ट्रम्पद्वारा टेक्ससमा आँधी प्रभावित नागरिकको उद्धार कार्यको प्रशंसा


प्रकाशित मिति : भाद्र १९, २०७४ सोमबार

वासिङटन, (संयुक्त राज्य अमेरिका), १८ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाढी प्रभावित टेक्ससको दोश्रो पटक भ्रमण गर्दै आँधी प्रभावितहरुको उद्धारकार्यको प्रशंसा गर्नुभएको छ ।
राष्ट्रपति र उहाँकी श्रीमती मेलानियाले पीडित र स्वयंसेवकहरुसँग भएको भेटमा भन्नुभयो, “उद्धारका सबै कुरा राम्रोसँग अगाडि बढिरहेका छन् ।
उहाँले भन्नुभयोे, “काम निकै कठीन थियो तर पुरा देश र सारा विश्वले हेर्ने गरी असाध्यै राम्ररी काम भएको छ ।”
एकहप्ता अगाडि त्यहाँ विनाशकारी आँधी आएको थियो । बाढी आए लगत्तै उहाँले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको थियो । बाढीको प्रभाव कम हुँदै गएपछि केही स्थानमा स्थानीयबासीलाई घर फर्कन दिइएको छ तर केही क्षेत्रमा अझ पनि बाढीको पानीको मात्रा बढिरहेकाले खतरामुक्त नभएको भन्दै घर फर्किन दिइएको छैन ।
हार्भी आँधीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको थियो । बाढीबाट विस्थापित हजारौँ मानिसलाई शिविरमा राखिएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com