बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण


प्रकाशित मिति : भाद्र १८, २०७४ आईतबार

वासिङटन, १८ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गर्नुभएको छ ।

बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उहाँले श्रीमती मेलानिआसहित प्रभावित ठाउँको भ्रमण गर्नुभएको हो ।

उहाँले राहत केन्द्रमा पुगेर राहतका लागि भइरहेको प्रयासका बारेमा सोधीखोजी गर्नुभएको सरकारी अधिकारीहरुले जनाएका छन् । उहाँले बाढी प्रभावितलाई सहयोग गर्न विश्वसमुदायलाई आह्वान पनि गर्नुभएको छ ।

बाढीले टेक्सास राज्यको हयुस्टनको जनजीवन अस्तव्यस्त बनेको हो । राष्ट्रपति ट्रम्पले यसअघि बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाढीका कारण सडकमा रहेका सवारीसाधनसमेत डुबानमा परेका थिए । दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने सयौँ घाइते र हजाराँै विस्थापित भएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com