निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल


प्रकाशित मिति : असार १६, २०८१ आईतबार

नेपाल पत्रकार महासङ्घको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायत विवादको समाधान गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासङ्घका पूर्वसभापतिहरुले अपिल गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिहरूले वक्तव्य जारी गर्दै महासङ्घका अध्यक्षसहित केन्द्रीय समितिलाई ध्यानाकर्षण गराउनुभएको हो । पूर्वसभापतिहरुले नेपाली पत्रकारको साझा र भरोसायोग्य संस्था पत्रकार महासङ्घभित्र पछिल्लो केही दिनयताका काम कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको हो ।

वक्तव्यमा भनिएको छ, “महासङ्घको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था रहेको महासङ्घको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनु दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको वक्तत्व्यमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र पार्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासङ्घका वर्तमान कार्यसमितिलाई पूर्वपदाधिकारीहरुले अपिल गर्नुभएको छ । अपिल गर्ने पूर्वसभापतिहरुमा किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com