३६ हात लामो लिंगो ठड्याएर सुरु भयो इन्द्रजात्रा, (फोटो फिचर)
प्रकाशित मिति : भाद्र १८, २०७४ आईतबार

आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा सुरु भएको छ।
काठमाडौँको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो। लिंगोलाई स्थानीय भाषामा यम्बोःद्यो
यम्बोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रुपमा लिइन्छ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाए।
खोज्दै जाँदा दैत्यको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखे। जयन्तलाई छुटाउन देवता र दैत्यबीच युद्ध भई देवताको जित भएको खुसीयालीमा इन्द्रजात्रा मनाइँदै आएको बताइन्छ।