दक्षिण अफ्रिका टी २० विश्वकपको उपाधि नजिक पुग्यो , अफगानिस्तान सेमिफाइनलमा ९ विकेटले पराजित


प्रकाशित मिति : असार १२, २०८१ बुधबार

दक्षिण अफ्रिका आईसिसी टी २० विश्वकपको फाइनलमा पुगेको छ । उसले उपाधिका लागि बिहिबार बेलुका भारत र इङल्याण्डबिचको दोश्रो सेमिफाइनलको बिजेत संग प्रतिश्पर्धा गर्नेछ ।

बिहिबार बिहान भएको पहिलो सेमिफाइलमा अफगानिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले आफुलाई उपाधि नजिक पुराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिका ६७ बल बाँकी रहदै १ विकेट गुमाएर भेटायो ।

रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक समेत बटुल्न सकेनन् । न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको अफगानिस्तानले सेमिफाइनलमा निराशाजनक प्रर्दशन गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com