टी–२० विश्वकप क्रिकेटको सुपर आठ चरण : अमेरिका र दक्षिण अफ्रिका आम्नेसाम्ने हुदै
प्रकाशित मिति : असार ४, २०८१ मंगलबार
South Africa’s captain Aiden Markram throws the ball towards the stumps after fielding it at the boundary during the ICC Men’s T20 World Cup cricket match between South Africa and Sri Lanka at the Nassau County International Cricket Stadium in Westbury, New York, Monday, June 3, 2024. (AP Photo/Adam Hunger)
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज बुधबारदेखि ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् ।
पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिका आम्नेसाम्ने हुनेछ । खेल नेपाली समयअनुसार राति सवा ८ बजे एन्टिगुवामा शुरु हुनेछ ।
नवौँ संस्करणमा अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर–आठमा पुगेको हो । अमेरिका सुपर–आठमा पुग्ने एक मात्र एसोसियट टोली हो ।
एसोसियट टोली नेपाल, ओमान, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्यूगिनी पीएनजी र नामिबिया पहिलो चरणबाटै बाहिरीए ।
१० वर्षपछि विश्वकप खेलेको नेपाल समूह ‘डी’ मा एक अङ्कमात्रै जोडेर बाहिरीएको हो । सुपर–आठमा आयोजक अमेरिका र वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका, भारत, अफगानिस्तान, बङ्गलादेश, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया पुगेका छन् ।
‘सुपर–आठ’ का खेल जुन २५ तारिखसम्म चल्ने छ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ तारिखमा फाइनल खेल हुनेछ ।






