टी–२० विश्वकप क्रिकेट : भारत , दक्षिण अफ्रिका र अष्ट्रेलिया सुपर ८ मा पुगे


प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

आईसीसी टी–२० विश्वकपको सुपर ८ मा भारत प्रबेस गरेको छ । भारतले तेस्रो खेलमा जित हासिल गरेसंगै सुपर ८ मा प्रबेश गर्ने तेश्रो टोली बनेको हो । यसअघि दक्षिण अफ्रिका र अष्ट्रेलिया सुपर ८ मा पुगिसकेका छन ।

बुधबार राति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो जित निकालेको हो ।

यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

भारतका लागि सूर्यकुमार यादवले अविजित ५० रन बनाए । अमेरिकाका सौरभ नेत्रभल्करले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । उसका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतका अर्शदीप सिंहले ४ विकेट लिए । समूह ए मा ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com