अमेरिकी अन्तरिक्ष कार्यालयको प्रमुखमा नयाँ नियुक्ती


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

वासिङटन, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधि सभा सदस्य जिम ब्रिडेन्सटीनलाई अमेरिकी अन्तरिक्ष कार्यालय (नासा)को प्रमुखको नियुक्त गर्नुभएको छ ।
सन् २०१२ मा संसदमा निर्वाचित जिमले संसदको विज्ञान, अन्तरिक्ष र प्रविधि समितिमा काम गर्दै आउनुभएको थियो ।
उहाँ पुर्व विमान चालक पनि हुनुहुन्छ । उहाँले इराक र अफगानिस्तानमा सैन्य विमान चलाउनु भएको थियो । नासाको नव नियुक्त प्रमुख ब्रिडेन्सटीन ट्रम्पका समर्थक हुनुहुन्छ ।
उहाँ नियुक्त हुनु भन्दा अगाडी सात महिना सम्म नासा कार्यवाहक प्रशासकले चलाउनु भएको थियो । नासाको इतिहासमै पहिलो पटक कर्मचारीले नेतृत्व गर्ने अवसर रोबर्ट लाईटफुटलाई आइलागेको थियो ।
लाईटफुटले विज्ञप्तिमा भन्नु भएको छ, “हाम्रा प्रतिनिधि नेतृत्वकर्ता आउनु भएकोमा म निकै खुशी छु, सांसद ब्रिडेन्सटीनले अव हाम्रो नेतृत्व गर्नुहुनेछ ।”
“हुन त उहाँको नियुक्तिको प्रक्रिया अमेरिकी सिनेटमा गएको छ, त्यो प्रक्रिया चाडै नै टुङ्गीने विश्वास गर्न सकिन्छ । तैपनि नासालाई कसरी प्रभावकारी रुपले अगाडी बढाउने भन्ने बारेमा भने हामीले अहिले देखिनै केही गर्नुपर्दछ,” लाईटफुटको भनाई छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com