झण्डै १५ लाख बालबालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ खोप लगाउने अभियान देशभर सुरु


प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार ७ सय १२ बालबालिकालाई खोप लगाइने केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले जानकारी दिनुभयो ।

गाभी र नेपाल सरकारको लगानीमा ३२ करोेड मूल्यमा खोप ल्याइएको हो। पोलियोविरुद्धको खोप अभियानमा १४ लाख ६२ हजार ७१२ जनालाई यो खोप दिने लक्ष्य सरकारले लिएको छ। नेपालभरिमा ८ हजार ५९० जना स्वयंसेवक, ५ हजार १८८ वटा खोप केन्द्र र ४० हजार २९५ स्वास्थ्यकर्मी खोप अभियानमा परिचालित हुनेछन्।

यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले बताउनुभयो ।

विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सरकारले २०७१ सालदेखि पोलियोविरुद्ध सुईबाट खोप दिन थालेको हो। यसअघि सुईका साथै मुखबाट पनि थोपाजन्य खोप दिइँदै आएको थियो। पोलियोबाट बच्न यी दुवैखाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ ।

नेपालमा सन् २०१० मा अन्तिम पटक महोत्तरीमा पोलियो देखिएको थियो। त्यसपछि नदेखिए पनि नेपालका छिमेकी राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र विश्वका अन्य मुलुकमा अहिले पनि पोलियो संक्रमण देखा परेकाले नेपालसमेत जोखिममा रहेको र विश्वभरिबाट उन्मूलन हुन नसकेकाले पोलियो खोप नियमित रूपमा बालबालिकालाई दिइँदै आएको हो ।

यसरी सर्छ पोलियो

चिकित्सकका अनुसार पोलियो भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । यो मानिसको दिसाबाट दूषित बनेको पानी तथा खानेकुराबाट सर्छ। संक्रमित व्यक्तिको दिसा वातावरणमा भए अरूलाई सजिलै पोलियो सर्ने सम्भावना हुन्छ।

यो रोेग सर्ने जोखिम पाँच वर्षमुनिका बालबालिकामा बढी हुन्छ, तर जुनसुकै उमेरमा पनि यो रोग देखा पर्न सक्छ। यो रोग लागे पक्षाघात हुन्छ। यसको कुनै उपचार हुन्न। कतिपय अवस्थामा यो रोग लाग्नेको मृत्युसमेत हुन सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com