ओहायोमा नेपालीभाषी युवाले आफैलाई हाने गोली, एक्रोनमा दाहसंस्कार


प्रकाशित मिति : असार १, २०८१ शनिबार

अमेरिकाको ओहायोमा एक नेपाली भाषी व्यक्तिले आफैलाई गोली हानेर ज्यान लिएका छन् । ओहायोको समिट काउन्टीमा बस्दै आएका उद्धव कुमार विश्वले आफैले आफैलाई गोली हानेको जनाइएको छ ।

उनले बुधबार विहान ४ बजेतिर आफैलाई गोली हानेको र लगत्तै उनलाई मृत घोषणा गरिएको जनाइएको छ । उनी एक्रोनको योर्क स्ट्रीटमा बस्दै आएका थिए । घरको बेसमेन्टमा उनले आफैलाई गोली हानेको जनाइएको छ । ३९ बर्षीय उद्धव कुमार भुटानी शरणार्थीका रुपमा अमेरिका आएका थिए ।

भिमबहादुर विश्व र टिकामाया विश्वका छोरा उद्धवले के कारणले आफैलाई गोली हाने भन्ने प्रष्ट हुन सकेको छैन । २ छोरी र एक छोराका पिता उद्धव आफ्नी पत्नी श्रीजना विश्व र ९० बर्ष नाघेकी आमाका साथ बस्दै आएका थिए भने बुबा भिबहादुरको पहिले नै भुटानमा निधन भएको थियो ।

उद्धवका छोराछोरीहरु १३, ७ र ३ बर्षका छन् । उद्धवको स्ट्रोकका कारण एउटा खुट्टा नचल्ने भएपछि उनको खुट्टाको सर्जरी गरेको थियो । झण्डै चारमहिना अस्पतालमा बिताएपछि घर फर्केका उनी अलिअलि हिड्न थालेका थिए । बैसाखीको सहायतालेमात्र हिड्नसक्ने उनी समान्यतया गाडी चलाउन सक्ने भएपनि काममा भने जान सक्दैनथे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बृद्ध आमा, सानासाना छोराछोरी र आफ्नो यस्तो अवस्थाका कारण उनी निकै चिन्तित रहदै आएको जनाइएको छ । उनको शुक्रबार ओहायोको एक्रोनमा रहेको एडम्स मेसन फ्युनरल होममा दाहसंस्कार गरिएको छ ।

अमेरिकामा नेपाली र नेपालीभाषी समुदायमा पछिल्लो समयमा मानसिक स्वाथ्यको समस्या विकराल बन्दै गइरहेको छ । जसका कारण यस्ता घटनाहरुमा बृद्धि भइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com