अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान , के भन्छन त सम्मानित जोडीहरुले


प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई मोरङमा सम्मान गरिएको छ । बेलवारीमा आयोजना गरिएको कार्यक्रममा १५ दम्पतीलाई सम्मान गरिएको हो ।

जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ पारित भएको १४ वर्ष पुगेको सन्दर्भमा नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव एवं कोसी प्रदेस इन्चार्ज हरिबोल गजुरेलले अन्तरजातीय विवाह गर्ने १५ जोडी दम्पत्तीलाई प्रशंसापत्र सहित सम्मान गर्दै ‘अन्तरजातीय विवाह गर्ने जोडीले सामाजिक परिवर्तन र राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।

कार्यक्रममा सम्मानित जोडीहरुको तर्फबाट संविधान सभा सदस्य अनिता परियार, अरुण सुन्दास, भावना ढकाल, कविता नेपाल र सरीता बराइलीले अन्तरजातीय विवाह सम्बन्धी आफ्ना अनुभूतिहरु सुनाएउदै विवाह सजिलो नभएपनि संभव रहेको बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई समाजले सजिलै स्विकार गर्ने अबस्था अहिलेपनि नरहेको बताउदै यसकालागि सामाजिक चेतना अपरिहार्य रहेको उहाँहरुको भनाई थियो ।

गएको १४ वर्षमा देशभर जातीय विभेदका घटनामा ४६ जनाको हत्या भएको बताइएको थियो । ४६ घटनामध्ये १९ घटनामा २५ जनाको हत्या अन्तरजातीय प्रेम विवाह र विवाहको कारणबाट भएको दलित मुक्ति मोर्चाले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com