एनआरएन अमेरिकाको चुनाव सेप्टेम्बर ५ र ६ मा


प्रकाशित मिति : भाद्र १५, २०७४ बिहीबार

अन्यौलमा रहेको एनआरएन अमेरिकाको चुनाव सेप्टेम्बर ५ र ६ मा हुने भएको छ । निर्वाचन आयोगले एक सुचना प्रकाशित गरी आगामी सेप्टेम्बर ५ र ६ मा चुनाव हुने जनाएको हो । इलेक्सनबडी नामको एप्लिकेशनमार्फत अनलाइन मतदानको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

इलेक्सनबडी इमेलबाट मतदान गर्न अनुरोध सहितको इमेल प्राप्त हुने र सेप्टेम्बर ३ भित्र त्यस्तो इमेल प्राप्त नभएमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ । चुनाव भन्दा ४८ घण्टा अगाडिसम्म मौन अवधि रहेको र मौन अवधिभर व्यक्तिगत, भर्चुअल, फोन र सामाजिक सञ्जाल लगायतबाट सकृय चुनावी प्रचार गर्न नपाइने आयोगले जनाएको छ ।

मौन अवधि इस्टर्न समय अनुशार सेप्टेम्बर ३ विहान ८ बजेबाट सुरु हुनेछ । चुनावको तीन दिनभित्र चुनावी नतिजा घोषणा गरिने जनाइएको छ । उम्मेदवारको अन्तिम सुची अगस्त ३१ भित्र प्रकाशित गरिने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com