टेक्सस उद्धार उदाहरणीय बनोस्: ट्रम्प


प्रकाशित मिति : भाद्र १४, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भीषण आँधीपछि आएको मुसलधारे वर्षाकाबीच प्रभावित टेक्सस राज्यको भ्रमण गरेका छन्।

ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आँधीले गत शुक्रबार सबभन्दा पहिले हानेको ठाउँ कर्पस क्रिष्टि पुगेका हुन्।

गभर्नर ग्रेग एबटले टेक्ससबासीलाई आइलागेको विशाल चुनौती राष्ट्रपति ट्रम्पले बुझुन् भन्ने आफूले चाहेको बताए।

अभूतपूर्व बाढीले हजारौंमानिसलाई घर छोड्न बाध्य बनाएको छ खासगरी ह्युष्टन क्षेत्रमा जहाँ दुई जलाशय भरिएर पानी बाहिर बगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्प

राष्ट्रपति ट्रम्पले उद्धार कार्य उदाहरणीय बनाउन आग्रह गरेका छन्

प्रयत्न

कम्तीमा ११ जना मारिएका छन्, त्यसमा एउटै परिवारका ६ सदस्य पनि परेका छन् जसको भ्यान बाढीले बगाइदिएको थियो।

त्यसैगरी पौडेर सुरक्षित स्थलतर्फ जाने प्रयत्न गरेका ६० वर्षजतिका पुरुषको पनि डुबेर मृत्यु भएको थियो।

उद्धारकर्ताहरु अझ पनि अड्किरहेका मानिसहरुकहाँ पुग्ने प्रयत्न गरिरहेका छन्।

टेक्ससमा पुग्ने वित्तिकै राष्ट्रपति ट्रम्पले आँधी आउँदा के गर्नुपर्छ भन्ने उदाहरण बन्ने किसिमको उद्धार प्रयत्न होस् भन्ने आफूले चाहेको बताए।

उनले भने, “यो भन्दा अघिका कुनै पनि उद्धार प्रयत्न भन्दा अहिलेको राम्रो होस् भन्ने हामी चाहन्छौं।”

उनले टेक्सस र बुधबार हार्भी आँधीले हान्ने अनुमान गरिएको नजिकैको अर्को राज्य लुजियानामा संकटकाल घोषणा गरिसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com