युरोपका सबैभन्दा वृद्ध राजाले कामको बोझ घटाउने


प्रकाशित मिति : बैशाख १०, २०८१ सोमबार

करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किनुभएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले आफ्नो वृद्ध उमेर कमजोर स्वास्थ्य अवस्थाका कारण कामको बोझ घटाउन लाग्नुभएको राजदरबार स्रोतले जनाएको छ ।

युरोपका सबैभन्दा वृद्ध राजा ह्याराल्ड गत फेब्रुअरीको अन्त्यतिर मलेसियाको लाङकावी टापुमा बिदा मनाउन गएका बेला अस्वस्थ बन्नुभएको थियो ।

उहाँलाई नर्वेको मेडिकल ट्रान्सपोर्ट फ्लाइटमा फर्काइएको थियो र मलेसियामा जडान गरिएको अस्थायी पेसमेकरको सट्टा स्थायी पेसमेकर जडान गरिएको थियो ।

दरबारले भनेको छ, “राजा ह्याराल्ड स्वदेश फर्कन पाउँदा र आफ्नो जिम्मेवारीमा फर्कन पाउँदा खुसी हुनुहुन्छ ।” यद्यपि, ‘गतिविधिको सङ्ख्या र दायरामा स्थायी रूपमा कमी आएको’ भन्दै राजाले आफ्नो उमेरलाई ध्यानमा राख्दै आफ्नो तालिकामा समायोजन गर्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९१ देखि राजगद्दी सम्हालिरहेका ह्याराल्ड बैशाखीको भरमा सामान्य हिडडुल गर्नुहुन्छ । हालैका वर्षहरूमा उहाँले एकपछि अर्को गर्दै स्वास्थ्य समस्याहरूको सामना गर्नुपरेको छ ।

उहाँले डेनमार्कमा रहेकी आफ्नी ८३ वर्षीया नातिनी महारानी मार्ग्रेथ द्वितीयको नेतृत्व पछ्याउने र राजगद्दी त्याग्ने अड्कलबाजीलाई अस्वीकार गर्नुभएको छ ।

राजा ह्याराल्डको अनुपस्थितिमा ५० वर्षीय युवराज हाकोनले राजकीय जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com