इजरायलले इरानबिरुद्ध जवाफी आक्रमण सुरु गरर्यो , मध्यपूर्वमा युद्ध भडकने संभावना


प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार

a red and white flag

उपयुक्त समयमा जवाफ दिने बताएको इजरायलले इरानमाथी मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरुले इरानमाथी इजरायलले मिसाइल मार्फत आक्रमण गरेको पुष्टि गरेका छन ।

शनिबार इरानले हमला गरेपछि इजरायलले उपयुक्त समयमा उत्तर दिने बताएको थियो । इजरायलले हमला सुरु गरेपछि मध्यपुर्बमा युद्ध भड्कने संभाबना बढेको बिश्लेषकहरुले बताएका छन ।

इरानको आणविक प्लान्टमा पनि मिसाइल खसेको बताइएको छ । इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्टमा पनि विस्फोटको आवाज सुनिएको छ । त्यहाँ धेरै आणविक प्लान्ट छन् ।

इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३ सय ५० किलोमिटर दक्षिणमा पर्छ । इस्फहान कैयौँ परमाणुकेन्द्र र एउटा मुख्य सैन्य आधार भएको शहर हो । त्यस्तै इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोट भएको विवरण प्राप्त भएको खबरमा उल्लेख छ ।

इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम पनि यही ठाउँबाट चलिरहेको छ । विस्फोटपछि धेरै उडानहरू डाइभर्ट गरिएका छन् । यसको प्रतिकारमा इरानले पनि कयौँ प्रान्तमा एयर डिफेन्स बैटरिज प्रहार गरेको बताइएको छ । इरानले इजरायलमा कहाँ कहाँ हमला गरेको छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।

इस्फहान सहरमा इरानी सेनाको मुख्य एयरबेस त छ नै यहाँ परमाणु केन्द्रहरू पनि छन् । इजरायलको हमलाको प्रयास आफूहरूले विफल पारेको इरानी अधिकारीहरूरुले दाबी गरेका छन् । इरानले पश्चिम र मध्य क्षेत्रमा व्यवसायी उडान रोकेको छ ।

इजरायलको रक्षा बलले पनि देशको उत्तरी क्षेत्रको अरब अल अरामशेमा आकस्मिक साइरन बजाएको बताइएको छ । इजरायलको सहयोगी देशहरूले इरानको ड्रोन र मिसाइल हमलापछि तेल अभिभलाई संयम अपनाउन भनेको थियो । अमेरिकाले इजरायललाई जवाफी हमलाको समर्थन नगर्ने बताएको थियो ।

जो बाइडेनले आफैँले फोनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई कुनै खाले कारवाही नगर्न अनुरोध गर्नुभएको थियो । इरानका बिदेशमन्त्री हुसैन अमीर(अब्दुल्लाह्यान ले इजरायलले गर्ने जवाफी कारवाहीको तत्काल ससक्त जवाफ दिने बताउनु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com