लुम्बिनी प्रदेशसभामा अन्तत भागबण्डामै चयन भए बिषयगत समितिका सभापति


प्रकाशित मिति : बैशाख ५, २०८१ बुधबार

लुम्बिनी प्रदेश सभाका ७ वटा संसदीय समितिले नेतृत्व पाएको छ । जेष्ठ सदस्यकाभरमा चलिरहेका समितिमा नेतृत्व चयनका लागि सम्पन्न निर्बाचन प्रकृयाबाट सभापति सर्वसम्मत चयन भएका हुन । ६ विषयगत समिति र एक विषेशाधिकार समिति गरी ७ वटै समितिमा एकल उम्मेदवारी परेपछि संसदीय समितिले १७ महिनापछि नेतृत्व पाएको हो ।

दलहरूबीच एमालेले विशेष अधिकारसहित ३ वटा समिति, प्रमुख प्रतिपक्षी दल कांग्रेसले २ वटा समिति र नेकपा माओवादी केन्द्रले २ वटा समितिको नेतृत्व गर्ने सहमति भएपछि अन्तत भागबण्डा मै नेतृत्व चयन भएको हो ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार विशेष अधिकार समितीमा गिरीधारीलाल न्यौपाने , प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा, सामाजिक विकास समितिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक, भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे, अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिमा माया पुन सभापतिमा निर्बाचित हुनु भएको हो ।

समितिमा रहने सदस्यहरुको गत असार ३० गते नै टुंगो लगाए पनि ति समितिले सभापति पाउन भने १७ महिना कुर्नु परेको छ । भागबण्डामै भएपनि लामो समयदेखि नेतृत्वबिहिन रहेका समितिका सभापति चयन हुनु सुखद नै भएको नेपाली कांग्रेस प्रदेशसभाका सचेतक निमा गिरीले बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिनी संसदको रुपमा हेरीने बिषयगत समितिहरु नेतृत्वबिहिन हुदा प्रदेशसभा सदस्यहरु बिजनेस नपाएका जस्तै हुनुपरेको थियो । २०७९ मंसिर ४ गते चुनाव भएपछि लुम्बिनी प्रदेशमा ३ जना मुख्यमन्त्रीले कार्यभार सम्हालिसकेका छन ।

छोटो कार्यकाल एमालेका लिला गिरीले मुख्यमन्त्रीको कार्यभार सम्हाल्नु भयो । त्यसपछि मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई बिस्थापित गरी माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बन्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com