इलाम–२ मा ५ सय ४७ मतदाता थपिए , तेस्रो लिङ्गी कति ?


प्रकाशित मिति : बैशाख ४, २०८१ मंगलबार

यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या १ लाख १५ हजार ८ सय ८९ हुने भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार ८ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो ५ सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता थिए । इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com