सन् २०२४ को पहिलो त्रैमासिकमा चीनको जीडीपी ५ दशमलव ३ प्रतिशतले बृद्धि


प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार

architectural photograph of lighted city sky

सन् २०२४ को पहिलो त्रैमासिकमा चीनको जीडीपी ५ दशमलव ३ प्रतिशतले बढेको छ । यस वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बलियो भएको छ ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको पहिलो त्रैमासको तुलनामा कुल गार्हस्थ्य उत्पादन ५ दशमलव ३ प्रतिशतले बढेको छ । अर्थशास्त्रीहरूको ४ दशमलव ६ प्रतिशतको वृद्धिको अनुमान गरेतापनि उक्त अनुमानलाई समेत चीनले उछिनेको छ ।

यसले अघिल्लो तीन महिनाको ५ दशमलव २ प्रतिशतको वृद्धिबाट पनि गति लिएको छ । आधिकारिक सर्वेक्षणले चीनको उत्पादन खरीद प्रबन्धक सूचकांक ६ महिनामा पहिलो पटक विस्तार भएको देखाएको थियो ।

चीनले सन् २०२४ को लागि लगभग ५ प्रतिशतको वार्षिक वृद्धि लक्ष्य तय गरेको छ, जसलाई धेरै विश्लेषकहरूले महत्वाकांक्षी ठानेका छन् । किनभने उपभोक्ता र व्यवसायबीचको विश्वास कमजोर रहेको छ भने घर जग्गा क्षेत्र लामो समयदेखि मन्दीमा फसेको छ।

यस वर्ष बैंक ऋणलाई बढावा दिन र पूर्वाधार लगानीलाई समर्थन गर्न केन्द्रीय सरकारको खर्चलाई गति दिन ब्याज दरहरू कटौती गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com