मडारिँदै बिते सय वर्ष


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

भाद्र १३, २०७४- ‘खोट लाग्ने काम गरेको छैन : देउवा’ सोमबार प्रकाशित खबर पढेपछि समग्रमा प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने भारत भ्रमण सफल भएको मान्नुपर्छ । भारत भ्रमणमा जानुअघि साझा कूटनीतिक धारणा बनाउन आनाकानी गर्ने र सधैं आलोचना गर्न अग्रसर देखिने विपक्षी दललाई संकेत गर्दै संविधान संशोधनको सन्दर्भमा ‘उनीहरूले पनि देखिरहेको विषय र चासो राखिरहेको विषयमा यथार्थ कुरा राख्दा केही बिग्रँदैन’ भनी एउटा ४–५ वर्षको अबोध बालकले झैं दिएको अभिव्यक्तिलाई देउवाको आत्मालोचनाका साथै कुनै गोपनीयता भंग नगरेको भनी सम्झनु उचित हुन्छ । अब नेपाल र भारतबीच समझदारी बढेको बेला शब्दलाई अल्झाएर जनता भुलाउनुभन्दा मुलुकमा लगानी ल्याउने, दुईपक्षीय सहकार्य गर्ने, सडक, रेलमार्ग बनाउने जस्ता विषयमा दलीय सहमति जुटाई विकासमा सहभागी हुनुको विकल्प देखिँंदैन । जलविद्युतको विकासमा अहिलेसम्म हामीले दुनियाँ हँसाइरहँदा मौका छोप्दै त्यसको निम्ति पनि अविलम्ब भारतसँग थप समझदारी बढाउनु जरुरी देखिन्छ । हामीले विद्युत विकासमा हात हालेको एक सय वर्ष नाघिसकेछ । यो बीचमा जलस्रोतको धनी देश भनेर फलाक्दै हिंँड्ने अनगिन्ती नेता परमधाम पनि भइसके । अहिले पनि मुखको फुर्ती लगाउने नेताको कमी छैन । उपलव्धि भने एक शताब्दीमा करिब ६०० मेगावाट बिजुली उत्पादन भएको दयनीय स्थितिमा अड्किएको छ ।
– डा. भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

भारतको राजकीय भ्रमण पूरा गरी आइतबार बेलुकी स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फर्कनासाथ भने, ‘मैले खोट लाग्ने काम गरेको छैन ।’ उनले खोट लाग्ने काम गरेका छन्/छैनन् भन्ने कुरा उनी स्वयम्ले भन्दा पनि अरू विज्ञ र परराष्ट्रविदहरूले भन्ने कुरा हो । प्राय: अधिकांश परराष्ट्रविदहरूले नेपालको आन्तरिक मामलामा प्रधानमन्त्रीले भारत समक्ष स्पष्टीकरण दिनु गल्ती हो भनिसकेका छन् । एमाले नेताहरूले भन्दा विरोधको लागि विरोध गरेको ठानिएला, तर अन्य विज्ञहरूले पनि प्रधानमन्त्रीले देशको संविधानबारे प्रस्टीकरणको भावमा विदेशी भूमिमा बोल्नु गम्भीर गल्ती हो भनिसक्दा पनि देउवाले मनन नगर्नु उनको थप गल्ती हो । कुनै पनि मानिसले आफ्नो गल्ती–कमजोरी वा खोट आफै देख्दैन । देख्ने भए यो संसार कति सुखी हुन्थ्यो ? तर मानिस गल्तीमाथि गल्ती गर्दै जान्छन् । जसको अपजस केवल उसको परिवारलाई मात्र होइन, देश र जनतालाई पनि पर्छ । देउवाले आफूले भारतमा गरेको गल्ती महसुस गरी जनतासमक्ष क्षमायाचना गर्नुपर्नेमा उल्टै मैले खोट लाग्ने काम गरेको छैन भन्नु अनुचित हो ।
– गोपाल देवकोटा
गोकर्णेश्वर–८, जोरपाटी, काठमाडौं

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com