इजरायलमाथी इरानको पहिलो प्रत्यक्ष हमला , घातक ड्रोन र मिसाइल प्रहार , इजरायलको सुरक्षाप्रति प्रतिबद्ध रहेको अमेरिकाको भनाई


प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार

इरानले इजरायलमा पहिलो पटक प्रत्यक्ष हमला गरेको छ । शनिबार राति इरानले इजरायलमा २०० भन्दा बढी घातक ड्रोन र मिसाइल आक्रमण गरेको इजरायली डिफेन्स फोर्स आइडिएफले जनाएको छ । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ ।

आक्रमणबाट सैनिक आधारशिविरमा सामान्य क्षति भएको आइडिएफले जनाएको छ । त्यस्तै ७ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । टाउको चोट लागेपछि उनलाई अस्पताल लगिएको छ । अन्य ३१ जना मानिसहरू पनि सामान्य घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् । अझै पनि केही ड्रोनहरु इजरायलका आकाशमा उडिरहेको देखेको र ती केही घण्टामै इजरायलसम्म आइपुग्न सक्ने इजरायली सेनाले जनाएको छ ।

इजरायलमाथि इरानले पहिलो पटक प्रत्यक्ष हमला गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। इरानी सेनाले विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण गरिएको बताएको छ। एक महिनाअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आक्रमणको जिम्मा इजरायलले लिएको थिएन । तरपनि हमलाका पछाडि इसराइलको हात रहेको दाबी गर्दै इरानले कडा जवाफ दिने बताएको थियो ।
इरानले इजरायलमा आक्रमण गर्ने भनेपछि संयुक्त राज्य अमेरिकाले इजरायललाई आफ्नो पूर्ण समर्थन हुने र उसलाई जोगाउन आफू ढाल भएर उभिने प्रतिबद्धता व्यक्त गर्दै इरानलाई चेतावनी दिएपनि इरानले भने हमला गरेको छ ।

इरानले जवाफी हमला गरेको छैन । इरानले हमला गरेपछि मध्यपुर्बमा ठुलो युद्धको जोखिम बढाएको बिश्लेषकहरुले बताएका छन । अमेरिका , बेलायत , क्यानडा लगाएतका देशहरुले हमलाको बिरोध गरेका छन । अरब देशहरुले भने संयमता अपनाउन आग्रह गरेका छन ।

इरानले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा भेटवार्ता गर्नुभएको छ । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलविरुद्ध थप हवाई हमला गर्न सक्ने जनाएको छ । अमेरिकी राष्ट्रपतिले बाइडेनले भन्नुभएको छ , ‘हामी इरानको धम्कीविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र यसका लागि दृढताका साथ उभिन्छौँ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com