आईपिएल क्रिकेटमा पञ्जाव हार्यो , आइतबार चेन्नई र मुम्बई खेल्ने


प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार

इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत गएराति भएको खेल जित्दै राजस्थान रोयल्सले शिर्ष स्थानलाई कायम राख्न सफल भएको छ ।

पञ्जाब किंग्समाथि ३ विकेटको जित निकालेको राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम रहेको हो । पराजित पञ्जाव चार अंक मात्र जोडदै आठौं स्थानमा छ ।

सुरुमा व्याटिङ गरेको पञ्जाब किंग्सले ७ विकेटको क्षतिमा १४७ बनाएको थियो । १४८ रहेको लक्ष्य राजस्थानले १ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सले प्रतिस्पर्धा गर्नेछन्। यो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

दोस्रो खेलमा मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com