इजरायली अर्बपतिको स्वामित्वमा रहेको जहाज इरानको कब्जामा, जहाजमा १७ भारतीयहरु


प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार

a red and white flag

१७ भारतीय चढेको इजरायली अर्बपतिको स्वामित्वमा रहेको कार्गो जहाज इरानले स्ट्रेट अफ हर्मुजमा नियन्त्रणमा लिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले लन्डनस्थित कम्पनी जोडियाक मेरिटाइमको पोचुगिज ध्वजावाहक एमएससी एरिज जहाज कब्जा गरेको हो । कम्पनी इजरायली अर्बपति इयाल अफरको स्वामित्वमा रहेको जनाइएको छ ।

मध्यपूर्वमा बढ्दो तनाव र जारी द्वन्द्वका बीच इरानले जहाज कब्जा गरेको हो। इरानले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा देशको कूटनीतिक नियोगमा भएको हवाई हमलामा शीर्ष जनरलको हत्या गरेकोमा इजरायललाई सजाय दिने चेतावनी दिएको छ ।

सर्वोच्च नेता अयातोल्लाह अली खामेनी

नरेन्द्र मोदी सरकारले कब्जामा लिएको जहाजमा रहेका भारतीय नागरिकका सम्बन्धमा कूटनीतिक माध्यमबाट इरान सरकारसँग सम्पर्कमा रहेको आधिकारिक स्रोतले जनाएको छ । जहाजमा कुल २५ जना रहको थिए ।

इरानको वाणिज्य दूतावासमा इजरायलले गरेको घातक हमलापछि इरानले इजरायल भित्रका धेरै स्थानमा हमला गर्ने योजना बनाएको अमेरिकाको दावी रहेको छ । केही दिनदेखि, इरानी अधिकारीहरू र सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लगायतले सिरिया आक्रमणको लागि इजरायललाई थप्पड दिने धम्की दिइरहेका छन्। पश्चिमी सरकारहरूले यस क्षेत्रका आफ्ना नागरिकहरूलाई आक्रमणका लागि तयार रहन चेतावनी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि विगतमा इरानले आफ्ना आणविक वैज्ञानिकहरूको लक्षित हत्या र इरानका आणविक साइटहरू विरुद्ध धेरै तोडफोड अभियानहरूका बाबजुत इजरायलमा प्रत्यक्ष रूपमा आक्रमण गरेको थिएन । यद्यपि इरानले दशकौंदेखि इजरायली वा यहूदी सम्बन्धित साइटहरूलाई प्रोक्सी बलहरू मार्फत लक्षित गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com