सिड्नीको व्यस्त मलमा चक्कुप्रहारबाट ६ को हत्या, प्रहरीको गोलीबाट आक्रमणकारीको पनि मृत्यु


प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार

Police and paramedics work outside the Westfield Bondi Junction shopping mall after a stabbing incident in Sydney on April 13, 2024. Australian police on April 13 said they had received reports that “multiple people” were stabbed at a busy shopping centre in Sydney. (Photo by David GRAY / AFP)

सिड्नीको एक मलमा एक आक्रमणकारीले चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई शनिबार बोण्डाई क्षेत्रमा प्रहरीले गोली हानी मारेको छ । चक्कु प्रहारको घटनापछि घटनास्थलबाट सयौंको भागदौड मच्चिएको थियो ।

सिड्नीमा छुरा प्रहारको घटना पछि प्रहरीसहित प्यारामेडिकहरू वेस्टफिल्ड बोण्डाई जंक्शन शपिंग मल बाहिर देखिएका थिए । (फोटो डेभिड ग्रे /एएफपी)

आक्रमणकारीले व्यस्त वेस्टफिल्ड बोण्डाई जंक्शन शपिंग सेन्टरमा चक्कु आक्रमण गरेपछि एक प्रहरी अधिकारीले गोली हानेका थिए । मारिएका छ जना मध्ये पाँच जना महिला थिए । छुरा प्रहारबाट घाइते नौ महिनाको बच्चा सहित आठ जनालाई अस्पताल लगिएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ ।

सिड्नीमा छुरा प्रहारको घटना पछि परिवारहरू सपिङ मलबाट बाहिर निस्कदै । (फोटो: डेभिड ग्रे/एएफपी)

प्रहरीले आक्रमण आतंकवादसँग सम्बन्धित भएको विश्वास गरेको छैन । प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त व्यक्तिको मनसायको बारेमा अहिलेसम्म कुनै संकेत प्राप्त नभएको बताएका छन् । लगभग २६ मिलियन जनसंख्या भएको देश अष्ट्रेलियामा बन्दुक र चक्कुबारे संसारको सबैभन्दा कडा कानूनहरू । त्यसैले शनिबारका जस्ता घटना त्यहाँ दुर्लभ मानिन्छन् ।

घटनास्थलको दृश्य (फोटो: डेभिड ग्रे/एएफपी)

सामूहिक छुरा प्रहारको घटनाबाट पोप फ्रान्सिस दुःखी भएको भ्याटिकनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले त्रासदीबाट प्रभावित सबैलाई आफ्नो आध्यात्मिक समिपता पठाउदै मृतक, घाइतेहरू र सुरक्षाकर्मीहरुका लागि प्राथना गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतका राजा चार्ल्स तृतीयले पनि घटनाबाट आफू स्तब्ध र भयभीत भएको बताएका छन् । बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको मूर्खतापूर्ण हमलामा निर्ममतापूर्वक मारिएकाहरूको परिवार र प्रियजनहरूप्रति समवेदना व्यक्त गरिएको छ ।

घटना पछि प्रहरीले वेस्टफिल्ड  सपिङ मललाई घेरा हालेको थियो । (तस्बिर डेभिड ग्रे/एएफपी)

बेलायतका राजा चार्ल्स तृतीयले पनि घटनाबाट आफू स्तब्ध र भयभीत भएको बताएका छन् । बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको मूर्खतापूर्ण हमलामा निर्ममतापूर्वक मारिएकाहरूको परिवार र प्रियजनहरूप्रति समवेदना व्यक्त गरिएको छ ।

प्रहरीले सपिङ मलतर्फ जाने मुख्य सडकहरू अवरुद्ध गरेको थियो । (तस्बिर डेभिड ग्रे/एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com