सोमबारको सूर्यग्रहण हेर्दै न्युयोर्क सिटीका बासिन्दा (खसोखास फोटो फिचर)


प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार

८ अप्रिल २०२४ को दिउँसो खग्रास सूर्यग्रहणले अमेरिकाका केही राज्यहरु झण्डै साढे ३ मिनेटसम्म पूर्णरुपमा दिउसै अन्धकार भए । न्युयोर्क राज्यको पश्चिमी र उत्तरी भागहरूलाई समेटेको यो सूर्यग्रहण हेर्न न्युयोर्क सिटीका बासिन्दाहरु पनि निकै उत्साहित थिए । यो लगभग एक शताब्दीमा पहिलो यो प्रकारको खग्रास सूर्यग्रहण थियो ।

यद्यपी न्युयोर्क सिटीमा भने पूर्णरुपमा अन्धकार भएन । न्युयोर्क सिटीमा दिउसो ३ बजेर २५ मिनेटमा ९१ प्रतिशत सूर्य छेकिएको थियो । यो दृश्य हेर्नका लागि विभिन्न पार्क र खुला क्षेत्रमा विशेष प्रकारको चश्मा लगाएका न्युयोर्क सिटीका बासिन्दाहरुको भींड लागेको थियो । ती क्षेत्रमा पुगेर खसोखासका लागि विनिता तामाङले खिचेका केही तस्वीरहरु । सबै तस्वीरहरु न्युयोर्कको सिटीको पृष्ठभूमि देखिने न्युजर्सीको एक्सचेन्ज प्लेसमा लिइएका हुन् ।

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com