नेशनल मेडिकल कलेजमा म्याद गुज्रिएको केमिकल भेट्टियो


प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार

वीरगञ्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ ।

संयुक्त अनुगमन टोलीले आज वीरगञ्जमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले मेडिकल कलेजको ल्यावमा छापा मारेर मेडिकल कलेजसँग सम्बन्धित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

पर्सा प्रहरीका अनुसार मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाई नियन्त्रणमा लिएको हो । संयुक्त अनुगमनमा वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज, वाणिज्य कार्यालय लगायतका प्रतिनिधिले संयुक्तरुपमा अनुगमन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपीनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिनुभयो । “संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्टलाई जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ”, उहाँले भन्नुभयो, “केमिकल तथा रिएजेन्ट गरेर करिब ३३ प्रकृतिका भेट्टिएका छन् ।’’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको प्रयोग गरेपछि आउने रिपोर्टको विश्वासनीयतामाथि नै प्रश्न चिह्न उब्जिएको बताउनुभयो । “केमिकल तथा रिएजेन्टको पोटेन्सियल नै कमजोर भएपछि रिपोर्टको नतिजामा प्रत्यक्ष असर पार्ने देखिन्छ”, उहाँले भन्नुभयो, “कोही मधुमेहको परीक्षण गर्न जानुभयो, तर म्याद गुज्रिएको रिएजेन्ट प्रयोग गरेपछि कस्तो नतिजा आउँला रु, मानिसको जनस्वास्थ्यको सवालमा यस्तो खालको हेलचेक्क्राइ गर्नुहुँदैन ।”

सदस्य सचिव लालदासले प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्ट कुनै दुई वर्षदेखि म्याद गुज्रिएको भेट्टिएको जानकारी दिनुभयो । “पक्राउ परेका दुई जनालाई पर्सा प्रहरी कार्यालयमा बयान लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “बयानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने छ ।” संयुक्त अनुगमन टोलीले जफत गरिएका म्याद गुज्रिएका केमिकल र रिएजेन्टलाई कानुनी प्रक्रिया पूरा गरेर नष्ट गर्ने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com