पुस्तकालय छन्, पाठक शुन्य


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ ।

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै बन्न थालेको हो ।
व्यवस्थापक मङ्गल बेघाका अनुसार पाँचथर सामुदायिक पुस्तकालयमा नेपाली, अङ्ग्रेजी भाषा साहित्यसँगै इतिहास, धर्म, संस्कृति र व्याकरणसँग सम्बन्धित नयाँ–पुराना गरी चार हजारभन्दा बढीै पुस्तक छन् । तीनतले भवनमा रहेको यो पुस्तकालयमा पुस्तकसँगै गीत, सङ्गीत र अन्य विधामा रमाउने पाठक स्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्य, दृश्य र साङ्गीतिक उपकरण पनि राखिएको छ ।

पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युट्युबमार्फत नयाँ–पुराना पुस्तक पढ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको बेघाको भनाइ छ । सदरमुकाम फिदिममा यो सँगै विभिन्न सङ्घसंस्था र स्कुल÷क्याम्पसले पनि पुस्तकालय खोलेका छन् । स्कुल र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या पनि शून्यजस्तै छ ।
पाँचथर सामुदायिक पुस्तकालयकी कर्मचारी सङ्गीता देवानले दैनिक २ देखि ५ बजेसम्म खुल्ने यो पुस्तकालयमा कहिलेकाहीँ १०–१२ जना र धेरैजसो शून्य सङ्ख्यामा पाठक आउने गरेको अनुभव सुनाउनुभयो । सदरमुकामबाहेक जिल्लाका याङनाम, यासोक, रानीटार, आङसराङलगायत स्थानमा सञ्चालित पुस्तकालयको पनि हालत यस्तै छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com