अमेरिका र चीनबीच ‘सन्तुलित आर्थिक वृद्धि’ का लागि वार्ता गर्ने सहमति


प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार

संयुक्त राज्य अमेरिका र चीनबीच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेन र उनका चिनियाँ समकक्षी हे लिफेङबीच ग्वान्झाओमा दुई दिनसम्म चलेको वार्तापछि अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको भेटवार्तापछि विश्वका दुई प्रमुख अर्थतन्त्रबीचको चट्टानी सम्बन्धलाई स्थिर बनाउने संयुक्त प्रयासमा यो पछिल्लो कदम हो ।”

येलेनले शनिबार भएको एक कार्यक्रममा भन्नुभयो, “यी आदानप्रदानले समष्टिगत आर्थिक असन्तुलनको बारेमा छलफल गर्न मद्दत गर्नेछ । छलफलले चीनको क्ष्मताभन्दा बढी देखिएको विश्वव्यापी आपूर्ति नियन्त्रणबारे बहस चलाएको छ र म यसलाई अमेरिकी कामदार र फर्महरूको लागि समान अवसर सिर्जनाका लागि भएकोे छलफलका रूपमा व्याख्या गर्न चाहन्छु ।”

ताइवान र भिडियो एप टिकटकको पहुँचलाइृ लिएर वासिङ्टन र बेइजिङबीच तनाव थपिएको समय येलेनको चीन भ्रमण भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणको बेइजिङले निन्दा नगरेको भन्दै रूसलाई चिनियाँ कम्पनीले युद्धका लागि सहयोग गरेमा ‘महत्वपूर्ण परिणाम’ भोग्नुपर्ने अमेरिकी अथैमन्त्रीले चेतावनी दिनुभयो ।

अमेरिकी अर्थमन्त्री येलेनले भन्नुभयो, “रूसी रक्षा औद्योगिक आधारलाई समर्थन गरेमा यसबाट चीनले नराम्रो परिणाम व्यहोर्नुपर्ने हुन्छ । जनगणतन्त्र चीनमा रहेका हतियार उत्पादन कम्पनीसहित विश्वका अन्य कम्पनीहरूले युक्रेनविरुद्ध रूसको युद्धको लागि भौतिक समर्थन प्रदान गर्नु हुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com